सम्पर्क

डडुवा भवानी शङ्कर माध्यमिक विद्यालय नगर भरीकै उत्कृष्ठ भवन

डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयको भवन चौतारा साँगाचोकगढी नगरपालिका भरीकै उत्कृष्ठ भवन भएको छ । बिहिबार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले एक समारोहका बिच उद्धघाटन गर्नु भएपछी सहभागीहरुले नगरकै नमुना भवन बनेकामा खुशी ब्यक्त गरेका छन् ।नेपाल सरकार र ए।डि।बि को आर्थिक सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , केन्द्रिय आयोजना कार्यान्वयन इकाइको विपद उत्थानशील विद्यालय परियोजनाको प्राविधिक सहयोग र समन्वयमा ६ करोड ८६ लाखमा भवन निमार्ण सम्पन्न भएको १६ कोठे भुकम्प प्रतिरोधी निर्मीत विद्यालय भवन नगर प्रमुख सापकोटाले उद्धघाटन गर्नू भएको हो ।              चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको भवनको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले विद्यालयको भवनसँगै शिक्षाको गुणस्तर वृद्धिका लागि नगरपालिकाकाले गर्न पर्ने सहयोगमा कुनै कमी हुन नदिने बताउँदै वडामा उत्पादन भएका खाद्यन्नलाई वडामा नै खपत गराउँने र स्थानीय स्तरमा रोजगारको ब्यवस्था गर्दै गोलभेडा जस्ता तरकारीहरुको सस निर्माण गरेर ब्यवस्थित गर्न नगरले आवश्यक सहयोग गर्ने बताउँनु भयो । कार्यक्रममा बिशेष अतिथी शिक्षा बिकास तथा सम्मन्वय ईकाई प्रमुख कृष्ण सुबेदीले डडुवा भवानी शकर माविमा चौतारा साँगाचोकगढी नगरपालिकाको नमुना र गहनाको रुपमा भवन बनेकोमा खुशि ब्यक्त गर्दै यसको संरक्षण गर्न सबै निकायहरु लागि पर्न पर्ने बताउनु भयो । उँहाले यो बिद्यालय जिल्लाको अन्तमिमा हस्तानन्तरण भएको र यस अघी बिद्यालय भवन निर्माण भएका सबै बिद्यालय हस्तानन्तरण भइ सकेको बताउँनु भयो । जिल्लाका धेरै बिद्यालयहरुमा बेरुजु देखिएको छ भने डडुवा भवना शङ्कर माविको बेरुजु नभएकोमा खुशि लागेको बताउनु भयो । बिद्यालयले खुवाउने खाजामा स्थानिय गाँउकै कृषकले उत्पादन गरेको सामाग्री प्रयोग गरेर खाजा खुवाउने ब्यवस्था गर्न पर्ने बताउदै आफैले उत्पादन गरेको खाध्यन्न आफ्नै बच्चालाई खुवाउँन सहजता मिलाउँन पर्ने बताउँनु भयो । नगर सामाजिक शिक्षा समितिका संयोजक तथा वडा नं. १३ का वडा अध्यक्ष रामप्रसाद गौतमले डडुवा भवानि शङ्कर नगरपालिकाकै नमुना भवन बनेको छ । तर भवन निर्माण भयो गुणस्तरिय शिक्षा भयो कि भएन त्यस तर्फ ध्यान दिन जरुरी छ भन्नूभयो । उहाले वडा न १४ तरकारी तथा फलफुल उत्पादन क्षेत्रमा लागेर कृषि उत्पादनमा लाग्न पनि अनुरोध गर्नु भयो । केन्द्रिय आयोजना कार्यन्वयन ईकाई (शिक्षा) का बरिष्ठ ईन्जिनियर उद्वव नेपालले पहिलो जसले सहयोग गरेकोहरुलाई विशेष धन्यबाद दिनुभयो । उहाँले यसरी जुन हिसावले भवन निर्माण भयो त्यसलाई मर्मत गर्न स्थानिय सरकारको ध्यानकर्षण गर्दै भवन जस्तै शिक्षामा गुणस्तरिय बनाउन अनुरोध गर्दै विद्यालयलाई सोलार, कम्प्युटर,लगायतका सामाग्री समेत सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै समाज सेवी नकुल नेपालले गुणस्तरिय शिक्षाका लागी शिक्षक अभिभावक सबैले बराबरी भुमिका निर्वाह गर्न पर्नै बताउँनु हुँदै बालबालीकाको भबष्यि निर्माण गर्न अभिभावकको महत्वपुर्ण भुमिका हुने बताउँनु भयो । पुर्ब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सञ्चारकर्मी नेत्र बहादुर बस्नेतले शिक्षालाई राजनितिसँग जोड्न नहुने बताउँदै आफ्ना बालबालीकाको पढाई कस्तो छ भनेर समय समयमा अविभावकले नै प्र.असँग सम्पर्क गरेर हेर बिचार गर्न पर्ने बताउँनु भयो । पुर्ब वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले विद्यालयमा निजी शिक्षकलाई तलव खुवाउँन समस्या नहुने गरी नगरपालिकाबाट सहयोग हुन पर्ने बताउानु भयो । बिद्याथीको तर्फबाट स्वागत रन्जिता पुरिले स्वागत मन्तब्य राख्नु भएको थियो भने विद्यालयको तर्फबाट साहयक प्रधानध्यापक सचिन नेपालले मन्तब्यद्धारा स्वागत उपस्थिती महानुभावहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालनको क्रममा प्रधानध्यापक बद्री प्रसाद नेपालले बिद्यालयका शूरुका अबस्था देखीहाल सम्मको अबस्थाका बारेमा जानकारी दिलाउँदै बिद्यालय अगाडी खेल मैदानको व्यबस्था गर्ने बिद्यालय भित्रै चमेना गृहको व्यस्था गर्ने . विद्यालयलाई खेलमैदान र जग्गाको कमीलाई पूर्ती गर्न नजिकको साउने खोल्सा पुर्न ह्युम पाइप राखी फराकिलो बनाउने प्रयास गरीएको  बताउनुभयो । कार्यक्रमको समापन गर्दे शिक्षा समितीका संयोजक तथा वडा अध्यक्ष उद्धव नेपालले बिद्यालयको भवन सँगै गुणस्तरिय शिक्षा प्रदान गर्नका लागी बिद्यालय प्रशासनले खेल्ने भुमिकामा आफुले हर समय सहयोग गर्ने बताउँदै विद्यालयलाई नमुनाको रुपमा अगाडी लैजान लागी पर्ने बताउानु भयो । उँहाले वडा नं. १४ कृषकहरुको आकर्षक वडा भएकाले यस वडामा रहेका गोलभेडा उत्पादकलाई नगरपालिकाले प्रोत्साहन वापत केही रकम अनुदान दिने व्यवस्था गर्न लागेकोले उत्पादनमुलक काममा लाग्न अनुरोध गर्दै यसका लागी नेत्रज्योती कृषी सहकारी संस्थाले सहजीकरण गरिरहेको जानकारी दिनु भयो । उँहाले उत्पादनमुलक हरेक काममा नगरवाट हुने सहयोग हुने भएकाले निरास नहुन भन्दै बर्षदको समयमा क्षती भएको अन्न वालीको लागी नगर विपतकोषबाट केही राहत मिल्ने समेत जानकार िदिनुभयो । १६ कोठे भवनमा प्रयोगात्मक कोठा कम्प्युटर कोठा कार्यालय कोठा तथा आकस्मीक उपचार कक्षको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा बिद्यालय भवन निर्माणमा सहयोग गर्नु हुनेलाई सम्मान समेत गरिएको थियो भने अतिथीहरुलाइ मायाँको चिनो प्रदान गरिएको थियो ।यो विद्यालयमा अहिले २ सय ६८ जना विद्याकी रहेका छन् ।