देवराज सुबेदी
हेलम्बु गाँउपालिका निवासी न्यू हेलम्बु सप्लायर्सका प्रोपाइटर, व्यवसायी एबम हेलम्बु हेल्पिङ टिमका अध्यक्ष दिनेश थापाले आफ्नो जन्मदिनको उपलक्ष्यमा हेलम्बुको एक विद्यालय तथा त्यहाँका विद्यार्थी ४० जनाको लागी स्टेसनरी वितरण गर्नुभएको छ ।

बाढी प्रभावित हेलम्बु ४ को इष्ट प्वाईन्ट एकेडेमी विद्यालय पुनः निर्माणमा रु पचास हजारहस्तान्तरण गर्नुभएको हो । साथै उहाँले जेहेन्दार बिद्यार्थी ४० जनाको लागी स्टेसनरी वितरण गर्नुभएको प्रधानाध्यापक दामोदर भारतीले जानकारी दिनुभयो ।
भारतीले जन्मदिनको अवसरमा शुभकामना सहित आभार प्रकट गर्नुभयो । थापा आफैँ पनि बाढी प्रभावित हुनुहुन्छ ।
यस्ता सहयोग हेलम्बुको शैक्षिक उन्ननयनमा कोसेढुङ्गा साबित हुने प्रधानाध्यापक भारतीले बताउनुभयो ।
