नेपाल बार एसोसिएसन जिल्ला बारईकाई सिन्धुपाल्चोकले ६७ औ बार दिवस भव्यरूपमा मनाएको छ ।
बार६७औ दिबसको कार्यक्रमको प्रमुख अतिथि जिल्ला न्यायधिश विदुर कोईराला रहनु भएको थियो भने कार्यक्रमको सभाध्य क्ष भुपेन्द्र थिङले गर्नुभएको थियो । कार्यक्रममा पुर्वअध्यक्ष रोहिणिराज जोशी र श्याम बहादुर श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो । चौतारामा भएको कार्यक्रममा जिल्लाका कानुन व्यवसायी स्थानियजनप्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।
