जिल्ला खेलकुद बिकास समिती सिन्धुपाल्चोक मार्फत नेपाल तेक्वान्दो संघले ज्ञापन पत्र बुझाएको छ । संघका उपाध्यक्ष गंगा तामाङको नेतृत्वमा शुक्रबार चौतारामा बुझाइएको ज्ञापन पत्रमा नेपाल तेक्वान्दो संघ मुलुकको कानुन, नियम र अन्तर्राष्ट्रिय मुल्यमान्यता अनुसार स्थापित एक स्वायत्त संस्था हो र यस संघले अन्तर्राष्ट्रिय क्षेत्रबाट देशका लागि अत्याधिक पदक हासिल गरी नेपाल र नेपालीहरूको ईज्जत र सम्मानलाई उँचो बनाएको कुरा सबैमा जानकारी भएकै हो । नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलमा देशकालागि १२ वटा स्वर्ण सहित २९ वटा पदक हासिल गरी देशलाई दोस्रो स्थान उभ्याउन सफल भएको कुरा सबैमा विधित्तै छ । भरखरैमात्र साउदी अरबबाट पारा खेलाडीले ओलम्पिक खेल सरहको विश्व ग्राण्डप्रिक्स प्रतियोगिताबाट स्वर्ण पदक प्राप्त गरी देश र नेपाली जनताको शिर अन्तर्राष्ट्रिय क्षेत्रमा ठाडो बनाएको समाचारको मसि सुक्न नपाउँदै राष्ट्रिय खेलकुद परिषदले यस नेपाल तेक्वान्दो संघलाई विघटन गरी नयाँ महासंघको स्थापना गरेको भन्ने समाचारले हामी तेक्वान्दो संघ लगायत सम्पुर्ण तेक्वान्दो खेलाडी अचम्भित भएका छौं । नियमन र अनुगमनको नाममा राष्ट्रिय खेलकुद परिषदले देशका खेल संघहरूलाई धम्क्याउने, तर्साउने र मनपरि ढंगबाट विघटन गठन गरी मुलुकको ऐन कानुनको धज्जी उडाएको छ । देशको कानुनले राष्ट्रिय खेलकुद परिषदलाई कुनै पनि खेल संघहरूलाई विघटन गर्ने र गठन गर्ने अधिकार दिएको छैन तर, वर्त्तमान राष्ट्रिय खेलकुद परिषदले नियमित र ऐन कानुन बमोजिम सञ्चालनमा रहेका संघहरूलाई बलजफिति विघटन गरेको हुदा नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यस तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्य समितीको २०७९ पौष ८ गते कार्यसमितीका उपाध्यक्ष गंगा तामाङको अध्यक्षतामा बसेको बैठको निर्णयअनुसार राष्ट्रिय खेलकुद परिषदले गरेको निर्णयप्रति घोर भत्सना गर्दै ८ गते नै राष्ट्रिय खेलकुद जिल्ला कार्यालय सिन्धुपाल्चोकलाई यस्ता कार्य तत्काल रोकि तेक्वान्दोको हक हित तेक्वान्दो स्वतन्त्रताको लागि महत्वपुर्ण कदम चाल्नुहुन अनुरोध गर्दै नेपाल तेक्वादो संघ जिल्ला कार्य समिती राष्ट्रिय खेलकुद परिषद सिन्धुपाल्चोक मार्फत सम्बन्धित निकायमा ध्यानाकार्षण गराउन ज्ञापनपत्र बुझउदछौ । भनीएको छ ।
ज्ञापन पत्र बुझाउँन जाँदा कार्यालय बन्द रहेकोले अध्यक्ष सुरेश राणालाई इमेल मार्फत बुझाइएको तोक्वान्दो सघका सहसचिब कुमार बस्नेतले जानकारी दिनुभयो । उँहाका अनुसार आइतबार बिरोध स्वरुप खेलाडीहरुद्धारा मुखमा कालो पटी बाँधेर बिहान खाडीचौरमा र दिउँसो सदरमुकाम चौतारामा मौन जुलुस गर्ने भएका छ ।
