सम्पर्क

ब्रेकिङ न्युज २

जिल्ला प्रशासन सिन्धुपाल्चोकद्धारा सतर्क रहन आग्रह

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मनसुन भित्रिएसँगै बिपत आउँन सक्ने भन्दै बिभिन्न बिषयहरुमा सतर्क रहन भनेको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार एक अनुरोध जारी गर्दै यस्तो भनेको हो । जिल्ला प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीद्धारा जारी अनुरोधमा नेपालको पुर्बीभागबाट नेपालमा मनसुन भित्री सकेको र सिन्धुपाल्चोककमा पनी भित्रीएको हुँदा मनसुन सक्रीय भएसँगै बाढी पहीरोको जोखीम उच्च हुने, बिशेष गरी मेलम्ची, इन्द्रावती, भोटेकोशी, ब्रम्मायणी नदी तटिय क्षेत्रहरुमा जोखीम उच्च रहेको जनाइएको छ । ठाडो खोला तथा खोल्सामा आएको भलले पनी क्षेतीगर्न सक्ने भएकाले सतर्क रहन र सम्भाबित क्षेतीबाट बच्न र बचाउँनका लागी आबश्यक पूर्ब तैयारीमा रहन सबैमा अनुरोध गरिएको छ ।  ...

कृषकलाई हाते ट्र्याक्टर वितरण

कृषि, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले कृषकहरुलाई मिनी टिलर (हाते ट्याक्टर) वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन मिनिटेलर हाते (ट्याक्टर) वितरण गरिएको हो । सोमबार गाउँपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ८५ थान मिनीटिलर वितरण गरेको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभयो । उहाँले गत वर्ष लम्कीस्किन भाईरसले ठूलो पशुधनको क्षति हुँदा खेतबारी जोत्न समस्या भएकाले त्यसको विकल्पमा कृषकहरुलाई मेसिन प्रदान गरिएको बताउनुभयो । हाते ट्र्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने स्थानीय कृषकहरु बताउछन् । पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्र्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।...

अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ३ असार : नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्याङ्कर चालक सङ्घमा आवद्ध चालकहरुले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलिन भएपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले राससलाई जानक...

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम सुरु

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाउँपालिकाको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकको सहजीकरणमा मेलमिलाप कर्ताहरूको लागी  तिन दिवसीय पुनर्ताजगी तालिम सुरु भएको छ । आईतबारबाट टुकी संघ सुनकोशीको भवनको सभा कक्षमा तालिम थालिएको हो । तालिममा बोल्दै न्यायिक समितिको संयोजक सुनकोशी गाउपालिकाको उपाध्यक्ष कान्छी लामाले, स्थानीय विवाद निरुपणका लागि वडा स्तरमा छुट्टै मेलमिलाप कक्षको स्थापना भइरहेको जानकारी दिनुभयो । ‘मेलमिलापकर्ताहरुमा विवादको गाँठो फुकाउन सक्ने क्षमता हुनुपर्छ । विवादलाई वडामा समाधान गर्नु भनेको नागरिकको समय बचाइदिनु हो । खर्चमा वचत गरि दिनु हो । त्यसैले मेलमिलापकर्ताको कुरा सुनेपछि विवादका पक्ष विपक्षहरु मेलमिलापका लागि प्रोत्साहित हुनुपर्छ ।’ उपाध्यक्ष लामाको भनाइ थियो । उद्घाटन तालिमलाई सम्बोधन गर्दै गाउँपालिकाको अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले सानातिना कुराबाट विव...

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो

ब्रेकिङ न्युज २, समाचार
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ ।...

चेतनामूलक सडक नाटक प्रदर्शन

#, ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे /पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका र नेपाल महिला एकता समाज बिचको साझेदारीमा बाल विवाह अन्त्यका लागि सडक नाटक प्रदर्शन गरिएको छ । जेठ ३० देखि ३२ गतेसम्म जनजातिको बाहुल्यता रहेको गाउँपालिकाको वडा नं. २ चोकटीको राम माबिमा , वडा नं. ३ धुस्कुनको धुस्कुन आबिमा र वडा नं. ४ पिस्करको मंगलामाई माबिमा सडक नाटक प्रदर्शन गरिएको हो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ को मंगलामाई माबिमा शुक्रबार प्रदर्शन गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालको अध्यक्षताम सडक नाटक सम्पन्न भएको थियो । बिबाह वारी, बीस वर्ष पारी भन्ने मुल नारा बोकेको सडक नाटकको मुख्य उदेश्य बाल बिबाह रोकथाम गरी न्यूनीकरण को लागि सचेतना गराउनु रहेको उपाध्यक्ष नेपालले बताउनु भयो। सानै उमेरमा बिबाह गर्दा हुने शैक्षिक, शारीरिक तथा सामाजिक क्षति बारे नाटक मार्फत सन्देश दिइएको थियो।सडक नाटक हेरेपछि अभिभावक...

सस्तोमा मिनीटिलर पाउदा किसान खुसी

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले किसानलाई मिनिटिलर (हाते ट्याक्टर) वितरण गरिएको छ । कृषियन्त्र उपकरण वितरण अन्तर्गत नगरपालिकाको ५० प्रतिशत ्अनुदानमा १४ हजार २ सय ५० रुपैयाँमा कृषकहरूलाई मिनीटिलर (हाते ट्याक्टर) वितरण गरिएको चौतारा साँगाचोकगढी नगरपालिका कृषि शाखा प्रमुख चिरञ्जीवी कट्टेलले बताउनुभयो । कृषि समुह, फर्म तथा कृषि सहकारीबाट मागको आधारमा १ सय ९१ जना कृषकको लागी प्रति ट्याक्टर २८ हजार ५ सय खरीद रकम पर्न आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र विभिन्न यन्त्र उपकरण वितरण गरीप्रति इकाई उत्पादन वृद्धि तथा उत्पादन लागत घटाउने, कृषकको आर्थिक पक्ष सुधार गर्ने साथै खेतीपातिमा उत्पादनमा वृद्धि गराउन प्रोत्साहन गर्ने उद्देश्यले वितरण गरिएको नरप्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । उहाँले कृषिलाई आधुनिकीकरण, व्यावसायिकरण एवम् प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण...

विपन्न दलित महिलाहरुलाई बाख्राको पठी वितरण

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
बलेफी गाउँपालिका वडा नंम्वर ६ ले विपन्न दलित महिलाहरुलाई बाख्राको पठी वितरण गरेको छ । बुधबार वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरि गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा, वडाअध्यक्ष तेज बहादुर पराजुली तथा वडाका प्रतिनिधिहरुवीच दश जनालाई पाठी वितरण गरेको हो । चालु आर्थिक वर्ष ०८०÷०८१ म विनियोजित वजेट मार्फत वडाका दश जना विपन्न दलित महिलाहरुलाई बिमा सहित सहयोग गरिएको वडा अध्यक्ष तेजबहादुर पराजुलीले जानकारि दिनुभयो । ‘वडा कार्यालयले विनियोजन गरेको वजेट अनुरुप वडाका प्रतिनिधिहरुले दश जना विपन्न दलित छनौट गरी आयआर्जनमा टेवा पु¥याउने उदेश्यले बाख्राको पाठी वितरण गरिएको हो’, वडा अध्यक्ष पराजुलीले भन्नुभयो, ‘दाईजोमा ल्याएको समपतीको जसरी सदुप्रयोग र विस्तार चेलीहरुले गर्नुहुन्छ त्यसरी नै यी बाख्राबाट उत्पादन गर्नुहुन्छ भन्ने वडाले विश्वस लिएको छ ।’ बाख्राको पाठी बुझ्दै स्थानीय दल...

गोल्मादेवी कृषक समुहले गर्यो सार्वजनिक सुनुवाई

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
गोल्मादेवी कृषक समुह चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.७ सानोसिरुवारीले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) पार्खिबास धनकुटासँगको साझेदारीमा संचालन हुन गईरहेको गोल्मादेवी व्यवसायीक तरकारी उत्पादन तथा बजारीकरण उप–आयोजनाको बारेमा स्थानीय सरोकारवालाहरुलाई जानकारी दिने उदेश्यले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले नगरपालिकामा स्रोत र साधनहरु सिमीत रहेको छ तर समुह, कृषक र स्थानीयहरुको आवश्यकता धेरै रहेको हुँदा नगरपालिकाले चाहादा चाहादै पनि सहयोग गर्न नसकिएको बताउनुभयो । धेरै जस्तो समुह सहकारी र कृषकहरुले प्रक्रिया पुरा नगरी कार्यक्रमहरु माग गर्ने हुँदा सहयोग गर्न नसकिएको समेत बताउनुभयो । कार्यक्रममा चौतारा स...

लिसंखुपाखरगाँउपालिकाले बाँड्यो स्मार्ट टिभी

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाले गुणस्तरीय शिक्षा सिकाइका लागी हरेक माध्यमिक बिद्यालयलाई स्मार्ट टिभी दिएको छ । २०८१ जेठ २७ गतेका दिन एक समारोहका साथ पालिकाकी उपाध्यक्ष मिठूदेवी लामाले उक्त टिभी हस्तानन्तरण गर्नु हँुदै गाउँपालिका भित्रका विद्यालयहरूलाई क्रमशः प्रविधिमैत्री बनाउदै लैजाने उद्देश्यले अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिका भित्र रहेका ११ वटा माध्यमिक विद्यालयहरूलाई माध्यमिक तहका बालविकास कक्षाहरूको लागी एक–एक वटा स्मार्ट टिभी (५५ इन्च) को हस्तान्तरण गरिएको बताउँनु भयो । उहाँले साना साना बालबालिकाहरुलाई किताबमा भएको अक्षरलाई मात्र पढाउँनु भन्दा पनी प्रयोगात्मक र प्रत्यक्ष देखाएर पढाउँदा अझ शिक्षा सिकाइमा उपलब्ध हुने भएकाले पालिकाले यो बिधी अपनाएको बताउँनु भयो । उहाँले निजी बिद्यालय भन्दा सामुदायीक बिद्यालयलाई सुबिधाराम्रो भएको अबस्थामा पनी सामुदायीक बिद...