सम्पर्क

कृषकलाई हाते ट्र्याक्टर वितरण

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले कृषकहरुलाई मिनी टिलर (हाते ट्याक्टर) वितरण गरिएको छ ।
परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन मिनिटेलर हाते (ट्याक्टर) वितरण गरिएको हो । सोमबार गाउँपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ८५ थान मिनीटिलर वितरण गरेको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभयो । उहाँले गत वर्ष लम्कीस्किन भाईरसले ठूलो पशुधनको क्षति हुँदा खेतबारी जोत्न समस्या भएकाले त्यसको विकल्पमा कृषकहरुलाई मेसिन प्रदान गरिएको बताउनुभयो । हाते ट्र्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने स्थानीय कृषकहरु बताउछन् ।

पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्र्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।