प्रेम श्रेष्ठ लिसखुंपाखर, सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाँउपालिका वडा नं –२ मा रहेको बुद्धोदय माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिएको छ ।
साविक लिसंखु–२ का समाजसेवी दम्पती पासाङ तामाङ र धनमाया तामाङको करिब ७ लाख लगानीमा निर्माण गरिएको सरस्वतीको मन्दिर उद्घाटन पलसंखु पाखर गाँउपालिकाका अध्यक्ष राजु लामाले एक समारोहका बिच गर्नुभयो । सो अबशरमा लामाले हरेक वोलमा बसेर प्राणीहरुको रक्षा गरिरहनु भएको बिद्याको देबी सरस्वतीको मन्दस्र निर्माण सँगै अक्षयकोषको समेत व्यवस्थ गरिदिएकोमा सहयागी परिबारहरुलाए बिशेष धन्यबाद दिनु भयो ।
कार्यक्रमका बिशेष अतिथी मिठ्ठुदेवी लामा ले शिक्षा सिकाइमा उपलब्ध हासिल गर्नका लागी सबै मिलेर सहयोग गर्न पर्ने बताउँनु भयो । सो अबशरमा
५० हजारको अक्षयकोष स्थापना गरिएकामे छ ।
समाजसेवी वुद्धिजीवी लगायतको उपस्थितिमा भएको कार्यक्रममा तामाङ दम्पतीले प्रत्येक वर्ष गरिने श्रीपञ्चमी पूजाका लागि ५० हजारको अक्षय कोष समेत स्थापना गरेको बताउँनु भयो मन्दीर उद्धघाछनको अबशरमा सहयोगी दम्पतीलाई प्रसंशा पत्र तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
