सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाले गुणस्तरीय शिक्षा सिकाइका लागी हरेक माध्यमिक बिद्यालयलाई स्मार्ट टिभी दिएको छ ।
२०८१ जेठ २७ गतेका दिन एक समारोहका साथ पालिकाकी उपाध्यक्ष मिठूदेवी लामाले उक्त टिभी हस्तानन्तरण गर्नु हँुदै गाउँपालिका भित्रका विद्यालयहरूलाई क्रमशः प्रविधिमैत्री बनाउदै लैजाने उद्देश्यले अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिका भित्र रहेका ११ वटा माध्यमिक विद्यालयहरूलाई माध्यमिक तहका बालविकास कक्षाहरूको लागी एक–एक वटा स्मार्ट टिभी (५५ इन्च) को हस्तान्तरण गरिएको बताउँनु भयो । उहाँले साना साना बालबालिकाहरुलाई किताबमा भएको अक्षरलाई मात्र पढाउँनु भन्दा पनी प्रयोगात्मक र प्रत्यक्ष देखाएर पढाउँदा अझ शिक्षा सिकाइमा उपलब्ध हुने भएकाले पालिकाले यो बिधी अपनाएको बताउँनु भयो ।
उहाँले निजी बिद्यालय भन्दा सामुदायीक बिद्यालयलाई सुबिधाराम्रो भएको अबस्थामा पनी सामुदायीक बिद्यालयमा आउँने नतिजा राम्रो हुन सकेन भने सामुदायक बिद्यालयहरुप्रती अभिभावकहरुको बिश्वास घट्दै जाने हुँदा सामुदायीक बिद्यालयमा समय अनुसार शिक्षा सिकाइको ब्यवस्था गर्नु परेको बताउँनु भयो । 
सो अबसरमा पालिकाभित्र रहेका बाँकि ११ वटा अन्य विद्यालयहरूलाई क्रमशः आगामी आवहरूमा व्यवस्था गर्दै जाने पालिका उपाध्यक्ष लामाले बताउनु भयो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत विनोद कार्कीले यो स्मार्ट टिभीबाट प्रदान गरिएको शिक्षाबाट बालवालिकाहरुको शिक्षा सिकाइमा गुण स्तरियता आउँने भएकाले समयअनुसारको प्रबिधीबाट शिक्षा सिकाइको आबश्यक भएकाले यो कार्यक्रम ल्याइएको बताउँनु भयो ।
शिक्षा शाखाका कुवेर थापाले पालिकाका बिद्यालयहरुलाइ शिक्षा सिकाइमा कसरी उपलब्धी मुलक बनाउँने भनेर पालिका लागी परेको बताउँनु भयो । जिल्लामा रहेका १२ वटा पालिका मध्य लिसंखुपाखर गाउँपालिकाले फागुनभित्र योजना सम्झौता गरिसकेर जेष्ठ भित्रै भुक्तानी लिईसक्ने नियम बनाएपछी योजनाका कामहरुको अनुगमन सकिएको हुँदा अहिले अरु पालिकाहरुमा जस्तो अनुगमनको चटारो छैन ।
पालिकाले यो निती लागु गरेपछी योजनाको अनुगमन गर्दा हतार गर्न नपर्ने भएको हँुदा बिकासका कामहरुको पारदर्शीतामा पनि सहज भएको छ ।
