आफुले जानेको सिप आफ्नै गाउँ घरमा प्रयोग गर्नपर्छ र आफ्नो जग्गा जमिन बाँझो राखेर बिदेशमा गएर दुख गर्नुको सट्टा आफ्नै गाउँमा उत्पादनमुखी काम गर्नका लागि प्रोत्साहन दिदै आएको सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका विस्तारै कृषि पकेट क्षेत्र बन्ने योजनाका साथ अगाडी बढीरहेको छ ।
यसै योजना अनुसार गाँउपालिकाका अध्यक्ष भक्त ध्वज बोहोराले मङ्गलबार एक समारोहका बिच वडा नं. २ लाई सुन्तला पकेट क्षेत्र घोषणा गर्दै सुन्तलाको बिरुवा बितरण गर्नु भएको छ ।
मंगलबार आ.व. २०८०÷०८१ को कृषि विकास कार्यक्रम अन्तरगत बाँझो जग्गामा पकेट क्षेत्र विकास कार्यक्रम का लागी वडा नं. २ कान्लेमा सुन्तला खेतीको पकेट क्षेत्र घोषणा तथा बिरुवा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले आफ्नै घरको खाना खाएर घरमा परिबारका साथ बसेर आफ्ना खेति योग्य जमिनको सदुपयोग गर्न र आयआर्जन बढाउँनका लागी गाँउपालिकाले अनुदानको समेत ब्यवस्था गरेकाले पालिकाबासीले यसको सदुपयोग गर्न पर्ने बताउँनु भयो ।
सो अबसरमा गाँउ पालिकाक वडा नं. २ का वडा अध्यक्ष रमेश राउतले आफ्ना वडामा रहेका बाँझो जग्गालाई उत्पादनमुखी काममा प्रयोग गर्नका लागी वडाबाट गर्नपर्ने साथ र सहयोगलाई पहिलो प्राथमिकतामा राखेर काम गरी रहेको बताउँनु भयो ।
पालिकाले कृषकको उत्पादनहरु पालिकाको सहयोगमा कृषी सहकारी। समुहहरुले खरिद गरेर बिद्यालय दिवा खाजाको लागी प्रयोग गर्ने र बाँकी भएका सामाग्रीलाई खाडिचौउर बजारमा बिक्री कक्ष राखेर बिक्री बितरण गर्ने ब्यवस्था मिलाउँन लागिएको पालिकाको प्रमुख प्रशासकीय अधिकृत जय बहादुर वाइवाले जानकारी दिनु भयो । उँहाका अनुसार उत्पादनका लागी हरेक वडाहरुमा कृषक समुहहरुको गठन गरिसकेको र सोही समुहले उत्पादन तथा बिद्यालयमा बितरण गर्ने र प्रत्येक समुहहरुको साझा सस्थाको रुपमा कृषक सघंको गठन भएको र सोही सघ मार्फत बजारीकरण गर्ने भएको छ ।संघले पालिकाको सहयोगमा खाडिचौउरमा बिक्री कक्ष राख्ने र हरेक वडामा रहेका कृषी सहकारी समुहहरुको सङ्कलन केन्द्रको व्यवस्था गरि दिवा खाजाका लागि बिद्यार्थीहरुलाई ताजा खुवाउँने कार्यक्रम रहेको छ । बाँकी रहेको सामानहरु सघमार्फत पालिकाको सहयोगमा बिक्री कक्षमा लगेर बिक्री बितरण गरिने योजना रहेको छ । पालिकाले वडा नं. २ मा १०० रोपनी जग्गामा आबश्यक पर्ने ३५०० वटा सुन्तलाको बिरुवा दिइएको पालिकाकाका कृषी तथा पशु सेवा शाखाका कृषी अधिकृत बसन्त भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी केही बर्ष भित्रै पालिकालाई पुरै कृषी पकेट क्षेत्र बनाउँने र पालिकाभित्र रहेका कुनै पनी जग्गालाई बाँझो रहन नदिने सबै जग्गामा कुन स्थानमा के उत्पादन हुन्छ सोही अनुसार उत्पादनमुलक बिरुवा हरुको व्यवस्था गरेर उपयोग गर्न लागीएको छ । यसैगरी वडा नं ३ धुष्कुनमा तिम्मुर पकेट क्षेत्र बनाउँने क्रममा बिहीबार बिरुवा बितरण गरिने योजना रहेको छ भने यस अघी ४ नं वडा आलुपकेट क्षेत्र घोषणा सकिएको अहिले निजी जग्गामा समुह बनाएर पकेट क्षेत्र बनाउँन लागीएको छ भने यो योजनापछी अरु सार्बजनिक बाँझो जग्गाहरुमा पनी बिरुवा रोपेर हुर्काउँने योजना रहेको छ । पालिकामा रहेको कृषी तथा पशु र राोजगार र उद्यमी शाखा मिलेर यो योजना कार्यन्वयन गर्न लागीएको हो ।
