इलेक्ट्रोपावर कम्पनी (साविक शैलुङग पावर) द्धारा निर्माणधिन ४० मेगावाटको भोटेकोशी–१ जलबिद्युत आयोजनामा स्थानीयले भौगोलिक उच्च जोखिम भएको र आफ्ना मागहरु आयोजनाले नसुनेको भन्दै माग पुरा गराउँनको लागी आयोजनामा धर्ना बसेको देवी बुढाथोकीले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाहरुको तर्फबाट २०८१ जेष्ठ २२ गते मंगलबार प्रधानमन्त्रीको कार्यालयमा निबेदन समेत दिएका थिए ।
स्थानीय बासिन्दाहरुले भुकम्पपछी उक्त स्थान जोखिममा परेकाले आयोजनाको काम रोक्न पर्ने माग अघि सारेर काठमाण्डौको माइतिघरमा समेत प्रदर्शन गरेका थिए । स्थानीय बासिन्दाहरुको तर्फबाट भक्त बहादुर बुढाथोकी, देबी बुढाथोकीलगायतले बिभिन्न निकायमा बोधार्थ सहित प्रधानमन्त्रीको कार्यालयमा निबेदन समेत दिएका बुढाथोकीले बताउनुभयो ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराइसँग सम्पर्क राख्दा उहाँले छलफलका लागी दुबै पक्षलाई बोलाइएको जानकारी दिनुभयो ।
इलेक्ट्रो पावर कम्पनी(साविक शैलुङग पावर) द्धारा प्रर्वर्धित ४० मेगावाटको भोटेकोशी–१ जलबिद्युत आयोजनाले बिद्युत ऐन २०४९ को दफा को उपदफा २ र बिद्युत नियमावली २०५० को नियम ८ बमोजिम नेपाल सरकार, उर्जा मन्त्रालय बिद्युत बिकास बिभागको २०७४/९/११ निर्णनुसार बिद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी निर्माणधीन अवस्थामा रहेको थाहा हुन आएको छ । सरकारी निकायबाट आवश्यक अनुमति, स्वीकृत लिएर भोटेकोशी गाउँपालिकाका स्थानीयललाई बिशेष प्राथमिकता दिई रोजागारी समेत दिएको आयोजना स्रोतले जनाएको छ ।
