सम्पर्क

जिल्ला प्रशासन सिन्धुपाल्चोकद्धारा सतर्क रहन आग्रह

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मनसुन भित्रिएसँगै बिपत आउँन सक्ने भन्दै बिभिन्न बिषयहरुमा सतर्क रहन भनेको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार एक अनुरोध जारी गर्दै यस्तो भनेको हो । जिल्ला प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीद्धारा जारी अनुरोधमा नेपालको पुर्बीभागबाट नेपालमा मनसुन भित्री सकेको र सिन्धुपाल्चोककमा पनी भित्रीएको हुँदा मनसुन सक्रीय भएसँगै बाढी पहीरोको जोखीम उच्च हुने, बिशेष गरी मेलम्ची, इन्द्रावती, भोटेकोशी, ब्रम्मायणी नदी तटिय क्षेत्रहरुमा जोखीम उच्च रहेको जनाइएको छ । ठाडो खोला तथा खोल्सामा आएको भलले पनी क्षेतीगर्न सक्ने भएकाले सतर्क रहन र सम्भाबित क्षेतीबाट बच्न र बचाउँनका लागी आबश्यक पूर्ब तैयारीमा रहन सबैमा अनुरोध गरिएको छ ।