देवराज सुबेदी
सिन्धुपाल्चोक जिल्लाको यन्द्रावती गाँउपालिकाले आर्थिक बर्ष २०८१÷८२को निति तथा कार्यक्रम का लागी पालिका भित्र रहनु भएका बिशेष ब्यक्तीत्व पुर्ब पालिका अध्यक्षहरु सहीतलाइ निमन्त्रणा गरेरसुझाव संकलन गरेको छ । सुझाब सङ्कलन कार्यक्रमका प्रमुख अतिथि पुर्व गृह राज्यमन्त्री बिष्णुविक्रम थापाले बिदेशी भाषा भन्दापनि हाम्रै देशको भाषा,संस्कृतीलाई संरक्षण र रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउँनु भयो । उँहाले पालिकाले ल्याएको निति तथा कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले पालिका परिवार ,विभिन्न राजनीतिक दल र कर्मचारी सबै मिलेर आफैंले आफ्नो पालिका बनाउने कुरामा एक ढिक्का हुन आग्रह गर्नुभयो । असल नागरिक बनाउने तर्फ पालिका अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले । संघ र प्रदेशको तुलनामा स्थानीय तहले राम्रो काम गरेको थापाको दावि थियो ।
पालिकाको निति तथा कार्यक्रम उत्कृष्ट भएकाले यसलाई पुरा गर्न र लक्ष्य हासिल गर्न सबैले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङले लक्ष्य अनुसार काम गर्नका लागी सुझाव दिनुभयो । उहाँले निति कार्यक्रम तथ्यपरक र बस्तुपरक हुनुपर्ने भन्दै संघ र प्रदेश सरकार संग मेलखाने गरि लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । अघिल्लो कार्यकालमा गरेका सबै योजनाहरु अहिलेको सम्पत्ति भएकाले अहिलेको सरकारले त्यसको अपनत्व हुने गरि काम गर्दै मर्मत संभार र संरक्षण गर्ने दायित्व पालिकाको भएकाले आफ्नो दायित्व पुरा गर्न समेत आग्रह गर्नुभयो । पालिकालाई पर्यटन संग जोडेर आर्थिक विकास गर्न सकिने भन्दै संघीय सरकारलाई नै डोहोर्याउने गरि काम गर्न आह्वान गर्नुभयो ।
सबै बेरुजु भ्रष्टाचार नभएको दावी गर्दै तामाङले नितिगत अस्पष्टता र कहिले कहिले काम गर्ने ढंग नपुग्नाले गर्दा पनि बेरुजु आउने गरेको उल्लेख गर्नुभयो । बिरोधी हुनेबित्तिकै अख्तियार गएर मुद्दा हाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकार पारदर्शी,जवाफदेही र जिम्मेवारी हुनुपर्ने तामाङको भनाई थियो ।कार्यक्रममापालिका भित्र क्रियाशिल राजनितिक दलका प्रतिनिधि,अन्य सरोकारवालाहरु,स्थानिय लगायतले सुझाव दिनुभएको थियो । गाउँपालिकाका अध्यक्ष झम्ंक नेपालले पालिकाले तयार पारेको निति तथा कार्यक्रम बाचन गरेर सुनाएपछि त्यसैको आधारमा छलफल तथा सुझाव संकलन गरिएको हो ।कार्यक्रमका बारेमा प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले सबै दल,कर्मचारी,नागरिक मिलेर गरेको कामहरु पारदर्शीता र स्थाइत्व हुने हँुदा यो कार्यक्रम ऐतीहासिक र अती महत्व पुर्ण हुने बिश्वास ब्यक्त गर्नू भयो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आएका सुझावलाई आत्मसात गर्दै समृद्ध इन्द्रावती बनाउने कुरामा सधैं लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिकाले शिक्षा,स्वास्थ्य,कृषि,पशुपालन र पुर्वाधारलाई मुख्य प्राथमिकता दिदै अगाडी बढेको नेपालले जानकारी दिनुभयो । लक्ष्य,योजना र दृढ संकल्पका साथ अगाडि बढिरहेको भन्दै कृषि र किसानलाई पालिकाले प्राथमिकता दिएको बताउनुभयो । दुध,मासु,खाद्यान्नमा आत्मनिर्भर बनाउने गरि पालिकाले काम गरिरहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । पालिकाले बनाएका निति र कार्यबिधिलाई पुरा गर्नका लागी सबै राजनीतिक दलले प्रतिबद्धता जाहेर गरेको भन्दै सधैं समन्वय र सहकार्य गर्दै समृद्धिको पथमा लम्किने अध्यक्ष नेपालले प्रतिबद्धता जनाउनुभयो ।नेपाली कांग्रेसका गाउँपालिका सभापति जीवन थापामगरले पालिकाले बजेट विनियोजन गर्दा बृहत उपलब्धी मुलक,सघं र प्रदेर सरकारसँग नदोहोरिने गरी गर्न सुझाव दिनुभयो । आन्तरीक स्रोत बढाउँदै बजेट बढाउनुपर्ने,बनको उपभोगमा जोड दिनुपर्ने,खानेपानीको दिर्घकालिन ब्यबस्थापनमा जोड दिनुपर्ने,समान काम समान तलवको अवधारणालाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।त्यस्तै नेकपा एमाले इन्द्रावतीका अध्यक्ष डबले लामाले ब्यबशायीकरण गर्दै बजारीकरणको समस्या समाधानका लागि योजना बनाउन सुझाव दिनुभयो । उहाँले धर्म संस्कृतिको रक्षा गर्न समेत अपिल गर्नुभयो । नेकपा माओवादी केन्द्रका विर बहादुर तामाङले शिक्षा र कृषिलाई प्राथमिकता दिनुपर्ने,कृषिमा अनुदान दिनुपर्ने सmुभव दिदैं शिक्षामा राजनितिक गतिविधि बढेकाले रोक्नका लागि आग्रह गर्नुभयो ।रास्वपाका कृष्ण बाँनियाले शुसासन,पारदर्शिता,जवाफदेहिताको कुरालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै जनश्रमदान हुन छोडेको भन्दै बजेट विनाको योजना ल्याउन समेत आग्रह गर्नुभयो । नेकपा एसका इस्वरी अधिकारीले विगतको निति कार्यक्रमको समिक्षा गर्दै संस्कृतिको संरक्षण प्रर्वद्धनमा जोड दिनुपर्ने बताउनुभयो । सामाजिक कामका नागरिकलाई अपनत्व गराउने,देखिने गरी काम गर्न सुझाव दिदैं निति तथा कार्यक्रम अक्षरंस कार्यान्वयनका लागि सुझाव दिनुभयो ।स्थानिय राजन सन्जेलले पालिकामा ११सय घरधुरी गुठिमा रहेकाले गुठीको समस्या समाधानको लागी निति तथा कार्यक्रममा समेट्न आग्रह गर्नुभयो । खाम्सोङ तामाङले गाउँपालिकाले बनाएको सेडुलमा विद्यालयमा दिवा खाजा खुवाउन नसक्ने अवस्था आएको भन्दै यस्मा ध्यान ध्यानाकर्षण गराउनुभयो ।शिक्षक सुरेशकृष्ण श्रेष्ठले शिक्षक अभिभावक संघ,विद्यालय ब्यबस्थापन समिति र अभिभावकको क्षमता अभिबृदि गर्दै विद्यार्थी संग सफल ब्यक्ति कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । श्रेष्ठले बुँदागत रुपमा सुझाव दिनुभएको थियो ।
ब्यबशायीक किसान कुमार आचार्यले बाँझो जग्गाको लागी निति बनाउँदै जंगली जनावर नियन्त्रण,घरेलु उद्यमी उत्पादन, उत्पादित बस्तुको ब्राण्डिङ गर्ने कुरामा लाग्न सुझाव दिनुभयो ।सहकारी संस्थाका प्रतिनिधि लक्ष्मी कोइरालाले स्थानीय सरकारले किसान र सहकारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । निति तथा कार्यक्रममा मनोबिमर्श र सामाजिक परामर्शलाई जोड दिनपर्ने उहाँको भनाई थियो । उहाँले प्रभावकारी काम हुनेगरी अनुगमन र महिला हरुको सामाजिक र आर्थिक क्षमता विकासको लागी पालिकाले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै रामशरण गिरीले कार्यक्रम आकर्षक बन्ने तर कार्यबिधि नबन्ने कारणले गर्दा काम समयमै सम्पन्न नहुने गरेकाले कार्यबिधि र कार्यक्रम सँगै लानुपर्ने बताउनुभयो । पालिकामा आउने बेरुजु कम गर्दै जानुपर्ने उहाँको राय थियो ।शिक्षक सुदर्शन पराजुलीले शिक्षालाई प्राथमिकताको हिसाबले चौथो नम्बरमा परेकाले यसलाई अगाडि ल्याउन आग्रह गर्नुभयो । शिक्षकलाई मासिक भत्ताको ब्यबस्था गर्नुपर्ने,विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी मिलान नभएको ,विद्यालयमा खेलमैदान र बजेटका लागि पालिकाले सम्बोधन गर्नुपर्ने बताउनुभयो । सरस्वती अधिकारीले गाउँघरमा चोरीको घटना बढेकाले चोरी न्यूनीकरणका लागी पहल गर्न आग्रह गर्नुभयो । जुवातास नियन्त्रण गर्दै आयआर्जन मुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने,उपभोक्ता समिति र प्राबिधिक हरुबिच असमझदारी भएकाले अन्तरक्रीया गरेर समस्याको निकास खोज्नुपर्ने सुझाव दिनुभयो ।उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष प्रकाश दाहालले पालिकालाई लिखित रुपमा सुझाव पेश गर्नुभयो । सजना श्रेष्ठले महिला तथा बालबालिकाको लागी बजेट छुटिएपनि उपलब्धि नहुने गरेको बताउँदै प्रभावकारी कार्यक्रमको माग गर्नुभयो । उहाँले गृहिणी महिलाको लागी छुट्याइएको बजेट नितिमि मात्र भएको भन्दै उपभोक्ता सम्म पुर्याउनुपर्ने बताउनुभयो ।
सर्मिला दनुवारले चेली प्रोत्साहन कार्यक्रम निति कार्यक्रममा मात्र हैन कार्यान्वयन ल्याउन सुझाव दिनुभयो ।केदार माझीले माझी समुदायको कोशी पुजाको लागि बजेट छुट्याउन माग गर्नुभयो । धर्म संस्कृती संरक्षणको लागी बजेट छुट्याउन र माझी समुदायको समस्या समाधानको लागी पालिकाको ध्यानाकर्षण गराउनुभयो ।शिवराम न्यौपानेले क्रसरको पिडा असह्य भएकाले पालिकाले ठोस निति बनाउनुपर्ने बताउनुभयो । उहाँले क्रसर समस्या समाधान गर्न पालिकाले चासो नदिएको बताउँदै खोला थुनेर काम गर्दा समेत हेरेर नबस्न आग्रह गर्नुभयो । भवनाथ आचार्यले पढ्दै कमाउदै कार्यक्रमलाई क्याम्पसमा लागु गर्न सके अझै प्रभावकारी हुने, आयआर्जन संग जोड्नका लागि ट्याक्टर र बाइक मर्मतको तालिम आवश्यक रहेको बताउनुभयो ।शेरबहादुर तामाङले शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भनेर योजना बनाएर अगाडी बढ्नका लागि छलफल हुनुपर्ने बताउनुभयो । उहाँले नवलपुर बजारलाई ब्यबस्थित र आकर्षित बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानिय सन्जुमाया तामाङले नेवार र तामाङ भाषा जस्तै स्थानीय मातृ भाषालाई प्राथमिकता दिन सुझाव दिनुभयो ।