नेपाल सरकार भुमी तथा सहकारी मन्त्रालय सहकारी बिभागले एक ब्यक्ती एक सहकारी सदस्यको निर्णयलाइ कार्यन्वयनमा ल्याउँन लागेको छ । बिभागले सहकारी ऐन २०७४को दफा ३३को उपदफा १ बमोजिम कुनै ब्यक्ती एक स्थानीय तहमा एकै प्रकारका एक भन्दा बढी सहकारी सस्थाको सदस्य हुन नपाउँने र त्यस भन्दा अघी भएको भए तिन बर्ष भित्र कुनै एक मात्र सदस्य रहन पर्ने व्यवस्था भए बमोजिम गर्न अनुरोध गरेको छ ।
सहकारी ऐन बिपरित एउटै पालिका भित्र एकै प्रकारको दुइ वा सो भन्दा बढी सदस्य लिएको भएमा एक सहकारी छनौट गरी एक मा मात्र सदस्य कायम गर्न अनुरोध गरेको छ । सो नगरे कानुन बमोजिम कार्बाही हुने बिभागले जनाएको छ ।
