सम्पर्क

तीन दिने पुनर्ताजगी तालिम सम्पन्न

सुनकोशी गाउँपालिकाको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकको सहजीकरणमा मेलमिलाप कर्ताहरूको लागी तिन दिवसीय पुनर्ताजगी तालिम सम्पन्न भएको छ । आईतबारबाट टुकी संघ सुनकोशीको भवनको सभा कक्षमा तालिम सुरु भएको तालिममा विवाद, मेलमिलाप र सिद्धान्त, नेपालमा मेलमिलापको पृष्टभूमि र कानुन, मेलमिलापको चरण र तरिका, न्यायिक समितिको भूमिका र प्रक्रियाका विषयमा सुनकोशी गाउँपालिका भित्रका सबै वडाका मेलमिलाप कर्ताहरूलाई पुनर्ताजगी तालिम दिइएको हो ।
उक्त तालिममा मेलमिलाप प्रणालीबाट आपसी सहमति र मैत्रीभावले स्थानीय तहमा न्याय सम्पादन गर्नका लागि मेलमिलाप कर्ताहरूको महत्वपूर्ण भूमिका रहेको हुँदा यो तालिम जरूरी रहेको उपाध्यक्ष तथा न्याायिक समिति संयोजक कान्छी लामाले बताउनु भएको छ ।
उपाध्यक्ष तथा न्याायिक समिति संयोजक कान्छी लामाको अध्यक्षतामा संचालित समापन कार्यक्रममा सुनकोशी गाउँपालिकाको अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, जिल्ला न्यायधिवक्ता उर्मिला दाहाल, सातै वडाका अध्यक्षहरू, कर्मचारीहरू,मेलमिलाप संयोजक, मेलमिलापकर्ताहरू लगायतको उपस्थिती रहेको थियो । विशेषगरी स्थानियमा आउने जग्गाको साँझको विषय, धारो, कुलो, मादक पदार्थको सेवनबाट हुने झैझगडाको बिषयमा अन्तरक्रिया भएको थियो ।