सम्पर्क

बिपद व्यवस्थापनका लागि बाह्रबिसे नगर सचेत छौंः नगरप्रमुख बस्नेत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका बिपद व्यवस्थापनका लागि सचेत रहेको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भयो ।
उहाँले बिपद व्यवस्थापन तथा बिपदमा परेकाहरुको उद्धारका लागी प्रदेश र संघ सरकारले कुनै सहयोग नगरेकाले दुःख लागेको बताउँनु भयो । बाह्रबिसे नगरपालिका बर्षेपिच्छे बिपद आइपर्ने पालिका हो । उक्त नगरमा हरेक प्रकारका बिपदको व्यवस्थापनका लागी बिपदबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा नगरका नागरिकहरुलाई समय समयमा बिपद ब्यवस्थापनका लागी सुरक्षाकर्मीहरुद्धारा तालिमको समेत ब्यवस्था गरिएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।
उहाँँले भन्नुभयो नदीको किनारामा रहेका नागरिकहरुलाई बाढी आउँदा कसरी बच्ने भन्ने बारेमा केही तालिम दिएको र सुरक्षित स्थानमा जानका लागी अनुरोध गरेका छौ ।
नगरपालिका भित्रका कुनै पनि नागरिकलाई कुनै समस्या नपरोस् भन्नका लागी हरेक वडाका अध्यक्षहरु वडाका पदाधिकारीहरु सबैलाई बिपद आउँदा कसरी सुरक्षित रहने भन्ने बिषयमा जानकारी गराउँदै बाढी पहिरो जान सक्ने सम्भावित क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानमा बास सारेको र अझै त्यस्ता स्थानका नागरिकहरु धेरै रहेकाले उँहाहरुलाई सुरक्षित स्थानमा बसोबास गर्नका लागी अनुरोध गरिएको बताउनुभयो ।
बाह्रबिसे नगरपालिकाले बाढीपहिरो आइहालेमा तत्काल उद्धार गर्नका लागी ब्यक्ति परिचालनका साथै दुइवटा स्काइभेटर एउटा जेसीबी, र ट्रक छ । रुख ढलेर बाटो अबरोध भएर समस्या भएमा पन्छाउनका लागी आरा लगाएत करिब ७०/८० वटा उद्धारका सामानहरु तैयारी अवस्थामा राखेको बताउँनु भयो । बस्नेतले तिन तहको सरकार छ तर बाह्रबिसे नगरपालिकालाई प्रदेस र संघीय सरकारलाई आफै गएर बिपतका लागी आबश्यक सहयोग पाउँभन्दा पनि वास्ता नगरेकोमा दुःख लागेको बताउँनु हँुदै नगरमा सकेसम्म कुनैपनि बिपद नपरोस् परिहाले पनि जिउधनको क्षती नहोस भनेर आफु लगायत नगरका पदाधिकारीहरु कर्मचारीहरु सतर्क रहेर काम गरिरहेको बताउँनु भयो । उँहाले नगरपालिकाले वडा नं. ५ मा बिपदको भवन बनाएर त्यहाँबाट आबश्यक व्यवस्थापन गरिरहेको बताउँदै बस्नेतले पिदबाट बचाउँनका लागी नेपाल प्रहरी, शसस्त्र प्रहरी,नेपाली सेना स्थानीय बिपदमा सहयोग गरिरहेको प्रतिबद्धता संस्था बिभिन्न संघसंस्थाहरुलगायते उक्त कार्यका लागी सहजीकरण गरेकाले बिपद आइपरेको समयमा केही सहजताका साथ व्यवस्थापन गर्न सकिन्छ भन्ने हाम्रो सोच रहेको भन्नुभयो ।
उहाँले माननीय मोहन बहादुर बस्नेतले हरेक बिपदमा हामीलाई साथ दिनुभएकोले पनि केही सहज भएको महसुस भएको र काम गर्नका लागि पनि अभिभावक भएको महशुस गराएको बताउँनु भयो । बस्नेतले बाढी पहिरो जान सक्ने सम्भावित क्षेत्रमा साइरनको व्यवस्था गर्नुका साथै सिठी लगाएतको व्यवस्था गरेको बताउँदै बाढी आउँन थालेको खण्डमा तुरुन्तै नजीकको सुरक्षीत स्थानमा जान अपिल गरेको बताउँनु भयो ।