सम्पर्क

पूर्वाधार विकास कार्यालयको बजेट कार्यान्वयनको अवस्था उत्साहजनक

रोशन गौतम
पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको बजेट कार्यान्वयनको अवस्था उत्साहजनक देखिएको छ । पुर्वधार विकास कार्यालयले आ.ब. ०८०/०८१ मा सहरि तथा स्थानीय सडक अन्र्तगत जिल्लामा २ सय ६१ वटा योजना सञ्चालन गरेको छ ।
पुर्वधार विकास कार्यालययका कार्यालय प्रमुख भरत कुमार यादवका अनुसार प्रादेशिक पुल, पक्की पुल तथा झोलुङ्गे पुलको पनि निर्माण गर्ने भएको छ । आ.व. ०८०/०८१ मा १४ वटा पुल निर्माणको कामको सूरुवात गरेको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । जसमध्ये २ वटा झोलुङ्गे पुल टेन्डर पक्रियाबाट भएको र २ वटा. डि.पि.आर प्रक्रियाबाट काम भएको यादवले बताउनुभयो ।
त्यसैगरी कार्यालयबाट १० वटा पक्की पुलहरु सिुन्धुपाल्चोक र दोलखामा निर्माण भैरहेको छ । पक्की पुल दोलाखामा ५ वटा र सिन्धुपाल्चोकमा ५ वटा निर्माण भैरहेको यादवले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो । यो आर्थिक वर्षमा दोलखामा निर्माण भैरहेको गुस्वुक खोला, पेगु खोला, झ्याकु खोलाको पुल निर्माण कार्य सम्मन्न नहुने बताउँदै कार्यालय प्रमुख यादवले तिनेखु खोला र डाँसे खोलाको पुल भने सम्मन्न हुने जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाको हाँडी खोला, जागेश्वरी खोला, दावि खोला, कुबिण्डे खोलामा निर्माण भएको पक्की पुल भने निर्माण सम्मन्न भैसकेका छन् । यादवका अनुसार ग्याल्थुम खोलाका् पुल यसै आर्थिक वर्षमा सक्ने लक्ष्य कार्यालयको छ ।
८ वटा प्रादेशीक लोकमार्ग अन्र्तगत चार वटाको काम सम्पन्न भएको छ । बाँकी चार वटाको काम अर्को आर्थिक वर्षमा सक्ने लक्ष्य रहेको यादव बताउनुहुन्छ ।
त्यसैगरी प्रादेशीक मार्ग अन्तर्गत १६ वटा काम सम्पन्न भएको छ । यो आर्थिक वर्षमा गरिएको कामहरुको वार्षीक वजेट रु २ सय करोडका दरले काम हुन सक्ने अनुमान गरिएको यादवले जाकनकारी दिनुभयो । यो आर्थिक वर्षमा उपभोक्ता समितिहरुबाट २ सय ५० वटा काम भएका छन् भने टेन्डरबाट ५३ वटा काम भएका छन् । यो वर्ष सम्पन्न भएका मुख्य ठुला योजनाहरु पनि यसै आर्थिक वर्षमा गरिएको र बाँकि भएको कामलाई आउने आर्थिक वर्षमा सम्मन्न हुने कुरा यादवले बताउनुहुन्छ । ति सबै मूख्य कामहरु मध्य बाटो कलोपत्रेको लागी तयार पारीएको बताउँदै यादवले उक्त कामहरुमा जल्केनिदेखि नरसिंडांडा सडक, डडुवाको सडक, कालिन्चोक को सडक कालो पत्रे भईसकेको कुरा बताउनुभयो । उहाँका अनुसार बलेफी, मुडे, बाह्रबिशे – सुनकोशी, सिताकोथान जुगु, भटमासे जिलु सडक दोलखा, चौतारा नवलपुर मेलम्चि सडक, जिरि ठोसे शिवालय, सुनखानी साङ्वा सडक कालोपत्रे गर्न बाँकि रहेकोे छ ।
यस्तै काठमाण्डौं –झयाडी देउराली सडक, सितलु माने बुद्धचोक सडक, नौबिसे चौतारा सडक यो आर्थीक वर्षमा कालोपत्रे गरिसक्ने लक्ष्य रहेको यादव बताउनुहुन्छ ।