नेपाल स्काउटको ७३ औँ स्थापना दिवसका अवसरमा सिन्धुपाल्चोकमा विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसका अवसरमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत सक्रिय रुपमा स्काउट सञ्चालन भएका विद्यालयहरु वडा नं. ९ मा रहेको गोल्मादेवी स्काउट ट्रुपले स्थापना दिवसको अवसरमा चोक चोकमा फोहोर संकलन डस्टविन राख्ने र सार्वजानिक स्थल सडक आसपास, मन्दिर र छोर्तेनमा सरसफाई गरी समुदायमा स्काउट कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । त्यस्तै वडा नं. ५ मा रहेको कृष्णरत्न गंगा स्काउट ट्रुप र जुगल बोर्डिङ स्काउट ट्रुपले सोही वडामा रहेको कृष्ण आ.विका आवासगृहमा रहेको बौदिक अशक्तहरुलाई खाद्यान्न वितरण गरिएको छ । वडा नं. ७ मा रहेका सिद्धिगणेश स्काउट ट्रुपले वडा नं. ५ मा रहेको वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ ।
’नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउनुका साथै आपत विपद तथा दैवीप्रकोपमा र दुर्घटनामा परेकाहरुलाई सहयोग गर्ने सामाजिक कार्यमा अभिरुचि विकास गर्न विश्व स्कोउटको मान्यता र सिद्धान्त अनुरुप नेपाल स्काउटको स्थापना भएको हो ।’ गोल्मादेवी स्काउट शिक्षक सुनिल तामाङले बताउनु भयो ।
विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउदै, दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहयोग गर्ने र आपतविपद्मा स्वयमसेवकको रुपमा सामाजिक कार्यमा लाग्ने जस्ता बानीहरुको विकासका लागि पनि स्काउट विद्यार्थीहरुका लागि यस्ता कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउट बागमति प्रदेशमा सह आयुक्त मिनादेवी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी स्थानीय स्काउट कार्यालय मेलम्चीको प्रमुख आयुक्त सुनीलकुमार भण्डारीको सभाध्यक्षमा तथा स्थानीय स्काउट परिषदका संरक्षक एवम् नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा कार्यालयको भवन स्थापनासँगै वृक्षारोपण कार्यक्रम गरी ७३ औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ ।
स्काउटिङले शैक्षिक गतिविधि र्माफत विधार्थीहरूलाई देशभक्त र वफदार बनाउदछ । त्यसैले यो राष्ट्रिय दल धर्म र जातजाति आदि विभेदबाट टाढा रहेर सबैलाई समान व्यवहार गर्न अभिप्रेरित गर्दछ । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा अत्याधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो । यस्तो अवस्थामा नागरिकहरूलाई अनुशासित नैतिकवान एंव नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम हुनु अति आवश्यक देखिन्छ । यसका लागि बालबालिका तथा युवायुवतीहरूलाई विधार्थी जीवनबाटै अनुशासित बनाउन स्काउट शिक्षाको देशभर आवश्यकता हो ।
नेपाल स्काउट केन्द्रीय कार्यालयले स्थापना दिवसको अवसरमा प्रधान कार्यालय लैनचौरमा स्काउट सम्बन्धी झाँकी प्रदर्शन राखिएको थियो । वि.सं. २००९ सालमा स्थापना भएको स्काउटले बुधबार ७३ औँ स्थापना दिवस मनाइएको हो । बि.स. २००९ साल अषाढ ५ गते तदनुसार १८ जुन १९५२ वुधबारका दिन नारायणहिटी राजदरवारमा आयोजित विशेष समारोहमा राजा त्रिभुवनबाट तालिम प्राप्त स्काउट मास्टरहरूलाई संगठित हुन र स्काउट कार्यक्रम विस्तार गर्न नेपल ब्वाईज स्काउट्स र गाईड्स संस्थाको झण्डोत्तलन गरि उद्घघाटन गरेको थियो । त्यस दिनबाटै औपचारिक रुपमा नेपालमा स्काउट स्थापना भएको्ले यसै दिनलाई नेपाल स्काउटले स्थापना दिवसका रुपमा विविध कार्यक्रम गरी मनाउदैको आइरहेको छ ।
