बलेफी गाउँपालिका वडा नंम्वर ६ ले विपन्न दलित महिलाहरुलाई बाख्राको पठी वितरण गरेको छ । बुधबार वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरि गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा, वडाअध्यक्ष तेज बहादुर पराजुली तथा वडाका प्रतिनिधिहरुवीच दश जनालाई पाठी वितरण गरेको हो । चालु आर्थिक वर्ष ०८०÷०८१ म विनियोजित वजेट मार्फत वडाका दश जना विपन्न दलित महिलाहरुलाई बिमा सहित सहयोग गरिएको वडा अध्यक्ष तेजबहादुर पराजुलीले जानकारि दिनुभयो । ‘
वडा कार्यालयले विनियोजन गरेको वजेट अनुरुप वडाका प्रतिनिधिहरुले दश जना विपन्न दलित छनौट गरी आयआर्जनमा टेवा पु¥याउने उदेश्यले बाख्राको पाठी वितरण गरिएको हो’, वडा अध्यक्ष पराजुलीले भन्नुभयो, ‘दाईजोमा ल्याएको समपतीको जसरी सदुप्रयोग र विस्तार चेलीहरुले गर्नुहुन्छ त्यसरी नै यी बाख्राबाट उत्पादन गर्नुहुन्छ भन्ने वडाले विश्वस लिएको छ ।’ बाख्राको पाठी बुझ्दै स्थानीय दलित महिलाहरुले जनमुखी कार्यत्रमको प्रशंसा गरेका छन् ।