सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले किसानलाई मिनिटिलर (हाते ट्याक्टर) वितरण गरिएको छ ।
कृषियन्त्र उपकरण वितरण अन्तर्गत नगरपालिकाको ५० प्रतिशत ्अनुदानमा १४ हजार २ सय ५० रुपैयाँमा कृषकहरूलाई मिनीटिलर (हाते ट्याक्टर) वितरण गरिएको चौतारा साँगाचोकगढी नगरपालिका कृषि शाखा प्रमुख चिरञ्जीवी कट्टेलले बताउनुभयो ।
कृषि समुह, फर्म तथा कृषि सहकारीबाट मागको आधारमा १ सय ९१ जना कृषकको लागी प्रति ट्याक्टर २८ हजार ५ सय खरीद रकम पर्न आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र विभिन्न यन्त्र उपकरण वितरण गरीप्रति इकाई उत्पादन वृद्धि तथा उत्पादन लागत घटाउने, कृषकको आर्थिक पक्ष सुधार गर्ने साथै खेतीपातिमा उत्पादनमा वृद्धि गराउन प्रोत्साहन गर्ने उद्देश्यले वितरण गरिएको नरप्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।
उहाँले कृषिलाई आधुनिकीकरण, व्यावसायिकरण एवम् प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण सुरक्षा र स्वरोजगारको अवसर सृजना गर्ने पालिकाले लक्ष्य राखेको समेत बताउनुभयो ।
बिहिबार वडाका कृषि सहकारी, कृषक समूह तथा व्यवसायिक कृषि फर्मलाई ७ हर्सपावर क्षमताको मिनिटिलर शाखा प्रमुख चिरञ्जिवी कट्टेलको संयोजकत्वमा वितरण गरिएको थियो । नगरपालिकामा मिनी टेलर लिनका लागि आएका कृषकहरू बजारमा ४० देखि ५० हजार रुपैयाँसम्म तिर्नुपर्ने ट्याक्टर (मिनीटिलर) सस्तो मुल्यमा पाएपछि किसान हर्षीत भएका छन् ।
