सम्पर्क

नगर प्रमुख बस्नेत द्धारा बिरामी कर्मचारीलाइ आर्थीक सहयोग

सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसेनगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगर पालिकाका सहयोगी भुवन प्रसाद भट्टराईलाइ रु ८,८८०००। (आठ लाख अठासि हजार) नगद सहयोग गर्नु भएको छ । भट्टराइ लामो समय देखी दमको रोगले थल पर्नु भएको थियो । बिगत लामो समय देखि बिरामी हुनुभएको भुवन प्रसाद भट्टराईलाई भेट्नु भई उहाँले यस बाह्रबिसे गा बि स हुँदै नगरपालिका सम्म आइपुग्दा ३२ बर्ष सेवा गर्नु भएको हुनाले उहाँलाई सहयोग तथा कर्मचारी सेवा भत्ता बापत रु ८,८८०००। (आठ लाख अठासि हजार) रुपैयाँ बराबरको चेक हस्तानन्तरण गरिएको सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनु भएको छ । उँहाका अनुसार नगर प्रमुख बालकृष्ण बस्नेत ले भट्टराइकै निवासमा गएर उँहाको स्वास्थ्य लाभको कामना गर्दै उक्त चेक हस्तान्तरण गर्नु भएको हो । चेक हस्तानन्तरण गर्दै नगर प्रमुख बस्नेतले उपचारका लागी नगरपालिकाबाट गर्न सक्ने सहयोग गर्ने बताउँनु भयो । नगरप्रमुख बालकृष्ण बस्नेत ले यस अघी पनी नगरमा रहेका अपाङ्गता भएका ब्यक्ती अशक्त, सुत्केरी जेष्ठ नागरिक, बिभिन्न प्रकोपमा परेर समस्यामा परेका पिडीतहरुलाइ घरघरमा गएर आबश्यक सहयोग गर्नु भएको थियो ।