पृथ्वीजंग पाण्डे /पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिका र नेपाल महिला एकता समाज बिचको साझेदारीमा बाल विवाह अन्त्यका लागि सडक नाटक प्रदर्शन गरिएको छ । जेठ ३० देखि ३२ गतेसम्म जनजातिको बाहुल्यता रहेको गाउँपालिकाको वडा नं. २ चोकटीको राम माबिमा , वडा नं. ३ धुस्कुनको धुस्कुन आबिमा र वडा नं. ४ पिस्करको मंगलामाई माबिमा सडक नाटक प्रदर्शन गरिएको हो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ को मंगलामाई माबिमा शुक्रबार प्रदर्शन गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालको अध्यक्षताम सडक नाटक सम्पन्न भएको थियो । बिबाह वारी, बीस वर्ष पारी भन्ने मुल नारा बोकेको सडक नाटकको मुख्य उदेश्य बाल बिबाह रोकथाम गरी न्यूनीकरण को लागि सचेतना गराउनु रहेको उपाध्यक्ष नेपालले बताउनु भयो।
सानै उमेरमा बिबाह गर्दा हुने शैक्षिक, शारीरिक तथा सामाजिक क्षति बारे नाटक मार्फत सन्देश दिइएको थियो।सडक नाटक हेरेपछि अभिभावक, विद्यार्थी तथा जनप्रतिनिधिहरुले नाटक सन्देश तथा चेतनामूलक रहेको प्रतिक्रिया दिएका थिए । काठमाडौ युथ हबको संयोजक मनिका श्रेष्ठ सहितको कलाकार टोलिले उत्कृष्ट नाटक सहित नृत्य समेत प्रस्तुत गरेको थियो ।
