सम्पर्क

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ ।