सम्पर्क

ब्रेकिङ न्युज २

मेलम्चीमा बाढीको तनाब, मध्यराती बगायो अस्थायी पुल

ब्रेकिङ न्युज २, समाचार
बर्खा सुरुभएसँगै गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको छ । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ जोड्ने अस्थायी पुल बगाएको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सोमबार विहान फट्टेको ह्युम पाइपको निरीक्षणको क्रममा गएरातिको बर्षाले पुलमा क्षति पुगेको भन्दै अब ह्युमपाइप झिकेर सुरक्षीत राख्ने बताउनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ ।...

दुर्लभ वन्यजन्तु सालक जोगाउन सचेतना कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ गोले/ चौतारा सिन्धुपाल्चोक डिभिजन वन कार्यालयले सालकको बासस्थान संरक्षण र व्यवस्थापन सम्बन्धि सचेतना गोष्ठी कार्यक्रम गरेको छ । मानिसहरूको जङ्गली स्रोतसाधनसँग परनिर्भरता बढ्दै जाने क्रम बढेसँगै दुर्लभ वन्यजन्तु सालक सङ्कटमा परेको हो । सङ्कटापन्न अवस्थामा रहेको सालक संक्षरण गर्नुपर्नेमा सहभागिहरुले जोड दिँदै सम्बन्धित निकायले पनि सालक संरक्षणमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । किसानमैत्री वन्यजन्तुका रूपमा परिचित सालकको मासु र खपटामा औषधीय गुण पाइने भन्दै नेपालबाट चीन र भियतनाममा यसको चोरी तस्करी हुने गरेको छ । सालकको मुख्य आहारा मानिसको बालीनालीमा दुःख दिने धमिरा र किरा मानिन्छ । सामुदायिक वन र वैज्ञानिक वनका नाममा अव्यवस्थित रूपमा जङ्गलको घना क्षेत्र मासिन थालेपछि सालकको बसोबास क्षेत्र सङ्कटमा परेको धादिङका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । सचेतन...

चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट नीति, कार्यक्रम अनुमानित बजेट प्रस्तुत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेका चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट आर्थिक वर्ष ०८१÷०८२ को नीति, कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ ।आइतबार नगरसभाले एक वडा एक उत्पादन, एक घर एक कृषि बगैंचा कार्यक्रम, किसानलाई उद्यमी बनाउदै उत्पादनलाई बजारीकरण गर्नेदेखि जति द्येरै उत्पादन, त्यति द्येरै अनुदान जस्ता कार्यक्रम अघि सारेको छ । प्रकृतिको उपहार, नगरबासीलाई रोजगार कार्यक्रम मार्फत आय मुलक र रोजगार मुलक उद्योग र उद्यम मार्फत रोजगारी प्रदान गर्ने नीति बनाएको छ । नगरपालिकाले आगामी वर्ष लप्सी प्रशोधन उद्यमलाई प्राथमिकतामा राखि कार्यक्रम संचालन गर्ने जनाएको छ । नगर पर्यटन बोर्ड गठन गरेर पर्यटन सम्बन्धी कार्यक्रमलाई ब्यवस्थित गर्दै पर्यटकिय नगरको रुपमा विकास गरीने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरभित्र रहेका विभिन्न जातजातिहरूको संस्कार, संस्कृत...

बिनोद नेपाल स्मृति फाउण्डेसनको आयोजनामा रक्तदान

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाण्डौं बिनोद नेपाल स्मृति फाउण्डेसनको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । बुढानिलकण्ठ नगरपालिका १० काठमाण्डौमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो । कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा हुने गरेको कुरालाई मध्यनजर गर्दै केही हदसम्म रगतको अभावलाई पुर्ती गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहेको थियो । रक्तदान कार्यक्रममा फाउण्डेसनका सल्लाहकार वंशलाल तामाङ लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा मन्तब्य राख्दै पुर्वमन्त्री गगन थापाले यस कार्यक्रमले बिनोद नेपाललाई सम्झने अवसर पनि भएको बताउनुभयो । ’विगतलाई सम्झने र ज...

बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बस्नेतलाई पितृ शोक

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाको नगर प्रमुख नेपाली काङ्ग्रेस १ नं. क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई पितृ शोक परेको छ । नगर प्रमुख बस्नेतका पिता भिम बहादुर बस्नेतको धुलिखेल अस्पतालमा उपचारको क्रममा ८० बर्षको उमेरमा शनिबार बिहान ३ बजे निधन भएको हो ।

लिसखु पाखर गाँउपालिकामा बुझायो काँग्रेसले पत्र

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला लिसखु पाखर गाँउपालिकामा नेपाली काँग्रेसले ध्यानकर्षण पत्र बुझाएको छ । नेपाली काग्रेसका पालिका पाटी सभापती जेठा तामाङको नेतृत्वमा पालिकामा गएको समुहले पालिकाका अध्यक्ष राजु लामा र उपध्यक्ष मिठुदेबी लामालाइ शुक्रबार पत्र बुझाएको हो । पत्रमा स्थानिय सरकारबाट संचालन भएका बिकास निर्माणका कार्यहरुमा गुणस्तर कायम हुन नसकेको कर्मचारीको दक्षता नभएको, योजना छनौटमा राजनितिकरण भएको तथा योजनाहरुमा प्राथमिकिकरण नभएको जस्ता जनगुनासोहरु आम जनताहरुबाट आईरहेकोले सो कुरा प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  पत्र बुझाउँन नेपाली कांग्रेस लिसंखु पाखरका सभापति, सचिव, प्रवक्ता, इकाई सभापतिहरु लगायत नेपाली कांग्रेस का नेता तथा कार्यकर्ताहरु गाउँपालिका जानु भएको थियो । पत्र बु्रझदै पालिका अध्यक्ष राजु लामा ले सबैको सल्लाह र सहमतीमा आफुले काम गरिरहेको र गरिरहने बताउँनु भयो ।  ...

मंगलामाइ माबीले मनायो योग दिवस

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका –४ पिस्कर तथा पालिकाको केन्द्रमा रहेको मंगलमाइ माबिले विश्व योग दिवस भब्य रुपमा मनाएको छ। असार ७ गते शुक्रबार योग प्रशिक्षक सुरेन्द्र शर्मा तथा स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । “महिला सशक्तीकरणका लागि योग“ र “आफू र समाजका लागि योग“ भन्ने भावका साथ १० औं अन्तर्राष्ट्रिय (विश्व) योग दिवस मनाइयो । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थितमा योगको परिचय सहित प्रशिक्षक शर्माले विभिन्न प्रयोगात्मक रूपमा शिक्षक तथा विद्यार्थीहरुलाइ योगको अभ्यास गराउनु भएको थियो। संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।...

स्थानीय सरकारवाट पहिलोपटक समस्याग्रस्त सहकारी घोषणा

ब्रेकिङ न्युज २, समाचार
  भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय सरकारको प्रत्याभुति दिनेगरी मध्यपुर थिमि नगरपालिकाले संविधान मार्फत प्राप्त अधिकार पुर्ण रुपमा प्रयोग गरी केही समय अगाडि आफ्नो स्थानीय तहमा रहेका सहकारीहरुको व्यवस्थापन र अनुगमन गर्नका लागि सहकारी ऐन जारी गरेको थियो । साथै हाल नेपाल भरि नै सहकारीहरुमा रहेको आम जनसमुदायको रकम सहकारी संञ्चालकहरुको मिलेमतोमा हिनामिना गर्ने र व्यक्तिगत हितमा सहकारीको रकम अपचलन गर्ने कार्य बढ्दै गइरहेको छ । यसै क्रममा नगर भित्र रहेको सहकारी संस्थालाई स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिता नगरेकामा समस्याग्रस्त घोषणा गरी कालो सूचीमा राखेको छ ।उक्त कुरा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक विजय कृष्ण श्रेष्ठले जानकारी दिनु भएको छ ।उहाँका अनुसार मध्यपुर थिमि नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्र ...

पूर्वाधार विकास कार्यालयको बजेट कार्यान्वयनको अवस्था उत्साहजनक

ब्रेकिङ न्युज २, समाचार
रोशन गौतम पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको बजेट कार्यान्वयनको अवस्था उत्साहजनक देखिएको छ । पुर्वधार विकास कार्यालयले आ.ब. ०८०/०८१ मा सहरि तथा स्थानीय सडक अन्र्तगत जिल्लामा २ सय ६१ वटा योजना सञ्चालन गरेको छ । पुर्वधार विकास कार्यालययका कार्यालय प्रमुख भरत कुमार यादवका अनुसार प्रादेशिक पुल, पक्की पुल तथा झोलुङ्गे पुलको पनि निर्माण गर्ने भएको छ । आ.व. ०८०/०८१ मा १४ वटा पुल निर्माणको कामको सूरुवात गरेको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । जसमध्ये २ वटा झोलुङ्गे पुल टेन्डर पक्रियाबाट भएको र २ वटा. डि.पि.आर प्रक्रियाबाट काम भएको यादवले बताउनुभयो । त्यसैगरी कार्यालयबाट १० वटा पक्की पुलहरु सिुन्धुपाल्चोक र दोलखामा निर्माण भैरहेको छ । पक्की पुल दोलाखामा ५ वटा र सिन्धुपाल्चोकमा ५ वटा निर्माण भैरहेको यादवले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो । यो आर्थिक वर्षमा दोलखामा निर्माण भैरहेको ...

तीन दिने पुनर्ताजगी तालिम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाउँपालिकाको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकको सहजीकरणमा मेलमिलाप कर्ताहरूको लागी तिन दिवसीय पुनर्ताजगी तालिम सम्पन्न भएको छ । आईतबारबाट टुकी संघ सुनकोशीको भवनको सभा कक्षमा तालिम सुरु भएको तालिममा विवाद, मेलमिलाप र सिद्धान्त, नेपालमा मेलमिलापको पृष्टभूमि र कानुन, मेलमिलापको चरण र तरिका, न्यायिक समितिको भूमिका र प्रक्रियाका विषयमा सुनकोशी गाउँपालिका भित्रका सबै वडाका मेलमिलाप कर्ताहरूलाई पुनर्ताजगी तालिम दिइएको हो । उक्त तालिममा मेलमिलाप प्रणालीबाट आपसी सहमति र मैत्रीभावले स्थानीय तहमा न्याय सम्पादन गर्नका लागि मेलमिलाप कर्ताहरूको महत्वपूर्ण भूमिका रहेको हुँदा यो तालिम जरूरी रहेको उपाध्यक्ष तथा न्याायिक समिति संयोजक कान्छी लामाले बताउनु भएको छ । उपाध्यक्ष तथा न्याायिक समिति संयोजक कान्छी लामाको अध्यक्षतामा संचालित समापन कार्यक्रममा सुनकोशी ग...