नेत्र बहादुर बस्नेत
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेका चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट आर्थिक वर्ष ०८१÷०८२ को नीति, कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ ।आइतबार नगरसभाले एक वडा एक उत्पादन, एक घर एक कृषि बगैंचा कार्यक्रम, किसानलाई उद्यमी बनाउदै उत्पादनलाई बजारीकरण गर्नेदेखि जति द्येरै उत्पादन, त्यति द्येरै अनुदान जस्ता कार्यक्रम अघि सारेको छ । प्रकृतिको उपहार, नगरबासीलाई रोजगार कार्यक्रम मार्फत आय मुलक र रोजगार मुलक उद्योग र उद्यम मार्फत रोजगारी प्रदान गर्ने नीति बनाएको छ । नगरपालिकाले आगामी वर्ष लप्सी प्रशोधन उद्यमलाई प्राथमिकतामा राखि कार्यक्रम संचालन गर्ने जनाएको छ । नगर पर्यटन बोर्ड गठन गरेर पर्यटन सम्बन्धी कार्यक्रमलाई ब्यवस्थित गर्दै पर्यटकिय नगरको रुपमा विकास गरीने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरभित्र रहेका विभिन्न जातजातिहरूको संस्कार, संस्कृति र पुरातात्विक सम्पदाहरुको संरक्षण र पर्यटन प्रवर्धनको लागी घर संस्कृति अध्ययन केन्द्र को सम्भाब्यता अध्ययन गरिने समेत चौतारा साँगाचोकगढी नगरपालिकाले नीति बनाएको छ ।
यस्तै नगरपालिकाले नगरको ईच्छा नारीलाई शिक्षा नारा दिएर बुहारी शिक्षाको नीति अवलम्बन गरेको छ भने शिक्षा, युवा तथा खेलकुदमा महत्वाकांक्षी नीतिसमेत ल्याएको छ । व्यवहारिक शिक्षा हाम्रो प्रतिबद्धता, समयको माग सामुदायिक बिद्यालयमा परिवर्तन, अनिवार्य तथा निःशुल्क शिक्षा,उच्च शिक्षामा सबैको पहुँचजस्ता उपशीर्षक राखेर नगरले शिक्षा, युवा तथा खेलकुदको नीति प्रस्तुत गरेको हो ।आगामी आर्थिक वर्षमा नगरपालिकाले सहकारी शिक्षालाई वडा स्तरमा अभियानको रुपमा संचालन गर्ने भएको छ । नीति कार्यक्रम प्रस्तुती पश्चात् नगरका मेयर कृष्णप्रसाद सापकोटाले सबैको साथ सहयोगका कारण नगरपालिकाले सम्बृद्धिको गोरेटो कोरिरहेको बताउनु भयो ।उपप्रमुख थापाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार प्रशासन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी नीतिहरु यस्तो रहेको छ।सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, जिम्मेवार तथा नतिजा मुलक बनाई सार्वजनिक सेवा प्रवाहलाई थप जनमैत्री नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई नतिजामुलक तथा प्रभावकारी बनाउनका लागि प्रशासनिक संरचनाकोपुनरावलोकन तथा सवलीकरण गरी सुशासनको प्रवर्द्धन गरिनेछ ।नगरपालिकाको नीति तथा योजनाहरु कार्यान्वयन गर्न र जनतालाई सेवा प्रदान गर्न आवश्यकताका आधारमा नयाँ कानून नगरपालिकाको गतिविधिहरुलाई पारदर्शी बनाउन सूचनाको हक सम्बन्धी कानूनको पूर्ण रुपमा कार्यान्वयन गरिनेछ ।
योजना तथा कार्यक्रमको भुक्तानी कार्य विद्युतिय भुक्तानी प्रणाली (भ्ँत्) मार्फत् गर्ने कार्यलाई व्यवस्थित र थप प्रभावकारी बनाउँदै राजश्व संकलन समेत विद्युतिय प्रणाली (भ्–एबथmभलत) मार्फत् गर्नका लागि आवश्यक प्रकृयाअगाडी बढाइनेछ । वडा कार्यालयहरुबाट दैनिक रुपमा सम्पादन हुने कार्यमा प्रभावकारीता ल्याउनका लागि आवश्यक कर्मचारीको व्यवस्था मिलाइनेछ ।अन्तर सम्बन्धित विषयहरुमा संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय तहसँगको आवश्यक समन्वय तथा सहकार्यलाईनिरन्तरता दिइनेछ । पारदर्शीताको लागि तालिम, गोष्ठी, अन्तरक्रिया, अभिमुखीकरण जस्ता कार्यक्रमहरु अनलाईन मार्फत् समेत संचालन गर्ने नीति लिइनेछ । साथै सोको आम्दानी खर्च विवरण सेवाग्राही सामु सार्वजनिक गरिनेछ । नगरपालिकाबाट गरिने सेवा प्रवाहलाई जनमुखी र पारदर्शी बनाउनका लागि नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका १४ वटै वडा कार्यालयमा नियमानुसार सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिनेछ ।विभिन्न किसिमका तालिमहरु, अध्ययन भ्रमण तथा अभिमुखीकरणबाट ज्ञान सीप तथा अनुभवनको आदान–प्रदानमा सिकेका सिकाइ सम्बन्धी प्रतिवेदन तयार गरी नगर कार्यपालिका बैठकमा पेश गरिनेछ । खरिद तथा विक्री सम्बन्धी कार्यहरुलाई प्रतिस्पर्धी, पारदर्शी तथा गुणस्तरीय बनाउनका लागि प्रचलित कानून बमोजिम विद्युतिय बोलपत्रलाई थप प्रभावकारी बनाउने नीति लिइनेछ । कर्मचारीमा रहेको ज्ञान, सीप, योग्यता र दक्षताको व्यवस्थापन गर्दै कर्मचारीसँग कार्य सम्पादन करार गरी नतिजाको आधारमा प्रोत्साहन गर्ने नीति लिइनेछ ।स्थानीय तह संस्थागत क्षमता स्वःमुल्याङ्कन (ीक्ष्क्ब्) र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन (ँच्ब्) लगायत अन्य प्रणालीलाई पुर्ण रुपमा कार्यान्वयन गरी संस्थागत सुशासन प्रवर्द्धन गरिनेछ । हाल नगरपालिकामा भइरहेको बजार अनुगमनलाई आवश्यक विज्ञ सहितको अनुगमन समितिद्वारा अनुगमन तथा मुल्याङ्कन कार्यलाई निरन्तरता दिइनेछ । नगरपालिका भित्रको स्रोत र साधन तथा काम कारवाहीको कुशल व्यवस्थापन गरी नगरपालिकालाई सुशासनयुक्त बनाइने नीति अवलम्वन गरिनेछ ।आर्थिक प्रशासनका क्रियाकलापहरु नतिजासँग आबद्ध गरी प्रभावकारी रुपमा आर्थिक अनुशासन कायम गरिनेछ । आन्तरिक लेखा परीक्षण तथा सामाजिक लेखा परीक्षण समेतलाई थप प्रभावकारी बनाइनेछ । सार्वजनिक सेवा तथा क्षमता विकास समितिको बैठक प्रत्येक महिनाको कम्तीमा १ पटक बसी सुशासन सम्बन्धी आवश्यक छलफल तथा निर्णयहरु गरिनेछ । साथै अन्य विषयगत समितिहरुको बैठक बसी आवश्यकतानुसार संचालन गरी बैठककानिर्णयहरु कार्यपालिका बैठकमा पेश गर्ने नीति अवलम्वन गरिनेछसेवाग्राहीको सहजताका लागि नगरपालिकामा नागरिक सहायता कक्ष (ज्भउि म्भकप) को व्यवस्था गरिनेछ । नगर उपप्रमुख थापाले आर्थिक वर्ष २०८१।०८२ मा नगरको अनुमानित आय १ अर्व २४ करोड २० लाख ४७ हजार १ सय ४ रुपैया ४० पैसा र ब्यय १ अर्व २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैया रहने बताउनुभयो ।नीति तथा कार्यक्रमलाई २६ गतेसम्म स्थगन गरेको छ ।