बर्खा सुरुभएसँगै गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको छ । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ जोड्ने अस्थायी पुल बगाएको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सोमबार विहान फट्टेको ह्युम पाइपको निरीक्षणको क्रममा गएरातिको बर्षाले पुलमा क्षति पुगेको भन्दै अब ह्युमपाइप झिकेर सुरक्षीत राख्ने बताउनुभयो ।
विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ ।
