सम्पर्क

ब्रेकिङ न्युज २

कृषि बिकास कार्यालय र पशु सेवा कार्यालयले गर्यो वार्षिक समिक्षा तथा सार्वजनिकरण

ब्रेकिङ न्युज २, समाचार
कृषि विकास कार्यालयले आर्थिक वर्ष ०८०/०८१ मा गरिएका काम कर्तव्य र योजना सम्पन्‍न भएका कार्यक्रमहरुको वार्षिक समीक्षा तथा सार्वजनिकरण गरेको छ । जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा जिल्ला सम्मन्वय समितीको सभाहलमा कृषि विकास कार्यालय र पशु सेवा कार्यालयबाट संयुक्त रुपमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख बालकृष्ण श्रेष्ठले कृषि विकास कार्यालयले स्थानीय अगुवा कृषकहरु तथा कृषि प्राविधिकहरुलाई ज्ञान, सिप र क्षमता अभिवृद्धिको लागि सिपमुलक तालिम दिन आवश्यक रहेको बताउनुभयो । राज्यले कृषकहरुलाई लक्षित गरेर ल्याएका अनुदान, बजेट तथा कार्यक्रमहरुको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने समेत बताउनुभयो ।उँहाले स्थानीय तहको कार्यक्रम संचालन गर्दा पर्याप्त पारिस्पारिक सम्बन्ध कायम गर्न अपरिहार्य रहेको   बताउनुभयो । कृषि विकास कार्यालयलले शुक्रबा...

सिन्धुपाल्चोकका ६ खेलाडी नागार्जुनमा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
    बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग खेल्न सिन्धुपाल्चोकबाट टिम मेनेजर कुमार बस्नेत टिम कोच माधव बिक सहित ४ पुरूष २ महिला सहित ६ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् । प्रतियोगिता भदौ १ र २ गते नागार्जुन कभर्डहल स्युचाटारमा हुनेछ ।काठमाडौं जिल्ला समन्वय समिति तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजनामा हुन लागेको उक्त लिगमा सिन्धुपाल्चोकबाट विभिन्न तौल समूहका ६ जनाले सहभागिता जनाउने भएका छन् भने सिन्धुपाल्चोक टिमको कोचको रुपमा सिन्धुपाल्चोक तेक्वान्दो प्रशिक्षक माधव विक रहनु भएको छ ।सिन्धुपाल्चोकबाट सहभागि हुने खेलाडीहरु१.अविशेक बस्नेत ४६–५० केजी तर्फ२. बुद्ध लामा ५०–५४ केजी तर्फ३. आश्रित पराजुली ४६–५० केजी तर्फ४. निसान लामा ५४–५८ केजी तर्फ५. सोनि तामाङ ४६–४९ केजी तर्फ६. शनिस्का बोहोरा ४९–५३ केजी तर्फटिम मेनेजर कुमार बस्नेत छन् भनेटिम कोचः मादब बिक रहनु भएको छ ।ख...

विद्यार्थीलाई शैक्षिक सामाग्री, झोला स्वास्थ्य सहित खेलकुद सामाग्री वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका –१० स्थित रहेको श्री सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री झोला सहित स्वास्थ तथा खेलकुद सामाग्री वितरण गरिएको छ । आज विद्यालयको प्राङ्गणमा नेपाली कांग्रेसका युवा नेता पुर्व जिल्ला सचिब एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले विद्यार्थीलाई शैक्षिक सामाग्री सहित झोला वितरण गर्नुभएको हो । किवानिस क्लब अफ सिन्धुपाल्चोक नेपालले आयोजना गरेको शैक्षिक तथा स्वास्थ सामाग्री वितरण कार्यक्रममा बोल्दै तामाङले विद्यार्थी र विद्यालयको शैक्षिक स्थिति सुधार गर्न सधै लागि पर्ने बताउनुभयो । साथै यो सहयोगले विद्यार्थीहरुको अध्ययनमा थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो । तामाङले विद्यालयको भौतिक संरचना लगायत विद्यालयमा आउने समस्यालाई समाधान गर्न आफू सधै लागि पर्ने समेत बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले दैनिक रुपमा प्रय...

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

#, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत अधिराज सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ अधेरीमा जिल्ला ट्राफिक कार्यालयले यन्त्रिक परीक्षण गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवं रोकथामका निमित्त बिहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा वर्कशपहरूमा कार्यरत दक्ष मेकानिकलहरूको सहकार्यमा विभिन्न जिल्ला भएर सिन्धुपाल्चोक जिल्ला भित्रने र सिन्धुपाल्चोकबाट बाहिरिने सवारी साधनको बलेफी गाउँपालिका वडा नम्बर ६ स्थित अधेरीमा यन्त्रिक परीक्षण गरिएको छ । उक्त परीक्षण कार्यक्रममा १ सय २० वटा भन्दा बढी विभिन्न सवारी साधनको यन्त्रिक परीक्षण गर्दा १५ वटा सवारी साधनको अवस्था ठिक नभएको पाइएकोले उक्त सवारी साधनको यान्त्रिक अवस्था ठिकसँग मर्मत गराउनुका साथै आवश्यक कारबाही समेत गरिएको आउदा दिनहरूमा पनि यस्ता कार्यहरू गर्दै जाने जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपीराम भण्डारीले बताउनु भयो ।...

आलेखः कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

#, कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
ललितपुर (गोदावरी) ३१ साउनः नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् । अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगालाई वातावरणको हिसाबले २५ देखि ४० डिग्री सेल्सियससम्ममा उत्पादन गर्न सकिने हुँदा यसबाट व्यावसायिक रुपमा मल उत्पादन गर्न सकिने ती विद्यार्थीहरुको भनाइ छ । कुहिएको हरियो तरकारी, फलफूल, अन्न, हार्ड नभएको मासु, सागपातलाई झिँगाको लार्भा र प्यूपालाई खुवाएर सस्तोमा प्रोटिनयुक्त मल तथा दाना उत्पादन गर्न सकिन्छ र यसले गर्दा वातावरण पनि स्वच्छ रहने अनुसन्धानबाट पुष्टि भएको छ । ललितपुर गोदावरी नगरपालिका–१ मा जस्ता पाताको घर बनाइ विश्वविद्यालयका पाँचजना विद्यार्थीहरू यतिबेला कालो सैनिक झिँगाको अनुस...

बालमैत्री वडा घोषणा गर्न बलेफी ६ को अभियान तीब्र

ब्रेकिङ न्युज २, समाचार
 बलेफी गाउँपालिका बालमैत्री स्थानीय साशन घोषणा नजिक पुगेको छ । गाउँपालिकाका सबै संरचना बालमैत्री निर्माण भएका छन् । वडागत रुपमा बालमैत्री घोषणाका लागि बुधबार बलेफी गाउँपालिका वडा नंमवर ६ का कुपकन्या मा.वि, सुन्दरादेवी आ.वि., वेत्रावती आ.वि. र वडा भित्रका सबै समुदायमा बालविवाह, बाल हिंसा, दुर्व्यवहार, लागूऔषध, मध्यपान, बालश्रम र बेचबिखनवारे जानकारि समेत गराएको थियो । बलेफी गाउँपालिका वडा नं. ६ को आयोजनामा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि समेतको सहभागितामा अभियान नै संचालन गरिएको बलेफी ६ का वडाध्यक्ष तेजबहादुर पराजुलीले जानकारि दिनुभयोे । साथै वडा भित्र ईजाजत विना मदिरा विक्रि तथा सार्वजनिक स्थानमा मदिरा सेवनमा समेत कडाई गरिने समेत स्थानीयमा जानकारि गराईएको प्रहरी चौकी लामोसाँघुका प्रमुख रामप्रसाद सेढाईले जानकारि दिनुभयो । बलेफी ६ का वडाध्यक्ष तेजबहादुर पराजुली, सिविस जिल्ला संयोजक कृष्...

प्रहरीद्धारा सवारी चालकहरुको मापासे लापासे परिक्षण, ४ जना कार्वाहीमा

ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत अधिराज सिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकद्धारा बुधबार बन्देउमा सवारी चालकहरुलाई सवारी नियम पालना गरे/नगरेको बिषयमा चेक जाँच गरेको छ । ट्राफिक प्रहरी कार्यालय अधेरीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवम्ं रोकथामका निमित्त यो अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रमुख गोपिराम भण्डारीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काको प्रमुख अतिथ्यमा एवम्ं जिल्ला स्थित सुरक्षा निकायका प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख एवंम् स्थानिय जनप्रतिनिधि, पत्रकार तथा सर्वसाधारणकोे उपस्थितिमा भएको चेक जाँचमा २ जना टिपर चालकलाई लागु पदार्थ सेवन गरेका पाइएको र २ जना निजी सवारी चालकलाई मादक पदार्थ सेवन गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धु...

प्राकृतिक प्रकोपको सामना गरिरहेको सिन्धुपाल्चोकको समस्या समाधानमा लाग्छौं ः मन्त्री मास्के

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बाढी तथा पहिरोबाट थलथलिएर विभिन्न प्राकृतिक प्रकोपको सामना गरिरहेको सिन्धुपाल्चोक बासीका समस्या समाधानका लागी आफु निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । मन्त्रालय संहालेको १ महिना नवित्दै सिन्धुपाल्चोकको मेलम्ची पाँचपोखरीको अवस्थाबारे निरिक्षण गर्न आउनुभएका मन्त्री मास्केले यहाँका समस्या समाधान गर्न तत्पर रहेको बताउनुभएको हो । उहाँले कतिपय प्राविधिक कारणले पनि विभिन्न घटनाहरु घट्नेगरेको स्मरण गर्दै यस भेगको समस्या बारे आफु जानकार रहेको बताउनुभयो । मेलम्ची हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका पुग्नुभएका मन्त्री मास्केले मेलम्ची र इन्द्रावती नदिले कटान गरेका सडक, खेतियोग्य जमिन,पहिरो,पाँचपोखरी प्राथमिक अस्पतालको निरिक्षण गर्नुभएको थियो । गाउँपालिकाको सभाहलमा औपचारीक कार्यक्रम गर्दै कार्यबाहक अध्यक्ष एवम् उपाध्यक्ष सुन...

गोरखा र बागलुङका बाढी पहिरो पिडितलाई लायन्स क्लबको सहयोग

ब्रेकिङ न्युज २, समाचार
 काठमाण्डौं लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत सामाग्री प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट प्राप्त सहयोगलाई डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले कम्तीमा ४० परिवारलाई पुग्ने सिरक, डसना लगायतका लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरेको हो । उक्त टोलीमा सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, डिजास्टर रिलिफ चिफ लायन उर्मिला श्रेष्ठ, मोडर्न भिलेज चिफ लायन चन्दनबाबु खत्री, रिपोर्टिङ चिफ लायन यम बहादुर बसेल, जोन चियरपर्सन लायन सबिन खत्री, लायन्स क्लब अफ गोर्खा आरुघाटका पदाधिकारी लगायतका अन्य लायन्स लिडरहरुको उपस्थिती थियो । मृतक ५ जनाको परिवारलाई आरुघाटमा राहत सामाग्री प्रदान गरिएको थियो । पिडित परिवारका लागि आवश्यक बाटोका कारण प्रभावित स्थल गाउँमा पुग्न नसकेपछि अन्...

भवन बिबादका कारण वडा कार्यालयमा ताला

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. ३ को भवन निर्माणको बिषयलाई लिएर बिबाद उत्पन्न भएको छ । उक्त बिबादका कारण हाल भएको वडाकार्यलयमा समेत तालाबन्दी गरिएको छ । स्थानीयहरुले वडा कार्यालय पायक नपरेको हुँदा अन्यत्र सार्नपर्ने भन्दै ताला लगाइएको बताइएको छ । पूर्ववडा अध्यक्ष देवप्रसाद बानियाँले वडा कार्यालय निर्माणको लागी नागरिकको रोजाईको ठाउँमा नभएको बताउनुभयो । वडा कार्यालय सबैलाई सहज पहुँच हुने र सहजता हुने खालको ठाउँमा हुनुपर्ने भएको उहाँले बताउनुभएको छ । वडावासीहरू विकास निर्माणको बाधक नभएको पनि उहाँले प्रस्ट पार्नुभयो । वडा कार्यालय बन्नु राम्रो भएपनि नागरिकको अपेक्षा अनुसार नहुनु दुःखको कुरा भएको उहाँले बताउनु भएको छ । समाधान नआएसम्म ताला नखोलिने राप्रपाका नेता भूपेन्द्र बानियाँले बताउनुभएको छ । खुतुमेडाँडा बाहेक वडाको स्वेच्छाले गर्दा पनि सहमत रहेको उहाँले बताउनुभएको छ । स...