सम्पर्क

बालमैत्री वडा घोषणा गर्न बलेफी ६ को अभियान तीब्र

 बलेफी गाउँपालिका बालमैत्री स्थानीय साशन घोषणा नजिक पुगेको छ । गाउँपालिकाका सबै संरचना बालमैत्री निर्माण भएका छन् । वडागत रुपमा बालमैत्री घोषणाका लागि बुधबार बलेफी गाउँपालिका वडा नंमवर ६ का कुपकन्या मा.वि, सुन्दरादेवी आ.वि., वेत्रावती आ.वि. र वडा भित्रका सबै समुदायमा बालविवाह, बाल हिंसा, दुर्व्यवहार, लागूऔषध, मध्यपान, बालश्रम र बेचबिखनवारे जानकारि समेत गराएको थियो । बलेफी गाउँपालिका वडा नं. ६ को आयोजनामा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि समेतको सहभागितामा अभियान नै संचालन गरिएको बलेफी ६ का वडाध्यक्ष तेजबहादुर पराजुलीले जानकारि दिनुभयोे । साथै वडा भित्र ईजाजत विना मदिरा विक्रि तथा सार्वजनिक स्थानमा मदिरा सेवनमा समेत कडाई गरिने समेत स्थानीयमा जानकारि गराईएको प्रहरी चौकी लामोसाँघुका प्रमुख रामप्रसाद सेढाईले जानकारि दिनुभयो ।
बलेफी ६ का वडाध्यक्ष तेजबहादुर पराजुली, सिविस जिल्ला संयोजक कृष्णप्रसाद पराजुली , बालमैत्री सम्पर्क व्यक्ति, वडा सदस्यहरू, ईलाका प्रहरी कार्यलय लामोसाँघु, वडा सचिव, स्वास्थ्य शाखा, बाममैत्री सहजकर्ता लगायतको सहभागितामा वडाका विद्यालय तथा समुदायमा बालमैत्री अवधारणा तथा कानून वारे जानकारि गराईएको हो ।
बालमैत्री वडा बनाउन पहलका लागि सरोकारवाला, विद्यालय र स्थानीय समुदाय लाग्ने प्रतिवद्धता जनाएका छन् । समुदायमा जातीय, लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिबृद्धि गरिएको छ ।
ब्वासे, मांखा, बन्दर्पा, जालबारीका होटल तथा पसलहरुमा ईजाजत बिना कुनैपनि सूर्तीजन्य र मदिराजन्य सामाग्री बेचबिखन गर्न नमिल्ने कुरा सचेत गराइएका हुन् ।