सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले दृष्टिविहीन बालबालिकालाई आवश्यक शैक्षिक र खाद्य सामग्री सहयोग गरेर आफ्नो स्थपना दिबश मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा रहेको वनदेवी माध्यामिक विद्यालयका दृष्टिविहीन ११ जना बालबालिकालाई संघले शैक्षिक र खाद्य सामग्री सहयोग गरेर आफ्नो स्थपना दिबश मनाउँन पाएको धेरुे खुशी लागेको सघंका अध्यक्ष बुद्धराज बस्नेतले बताउँनु भयो ।
जिल्लको एकमात्र दृष्टिबिहिन स्रोत कक्षा सञ्चालित विद्यालयमा पुगेर ३० औँ स्थापना दिवस मनाएको हो ।
सघंका पदाधिकारी हरु बनदेबी माबीमा पुगेर छात्रावासमा बसेर अध्ययन गरिरहेका दृष्टिविहीन ११ जना बालबालिकालाई शैक्षिक र खाद्य सामग्री सहयोग गरेको महासचिव ईश्वर गुभाजूले जानकारी दिनु भयो । महासचिव गुभाजूका अनुसार संघले ४ थान डिजिटल भ्वाइस रेकर्डर, ५ सय पिस कार्डबोर्ड पेपर चामल सहित दाल, चिउरा, तेल, चाउचाउ, चिनी, बिस्कुट, चना, केराउ लगायत ४७ हजार ६ सय १० रुपैया बराबरको खाद्यान्न सहयोग गरेको हो ।उद्योग वाणिज्य संघका महासचिव इश्वर गुभाजूले छात्राबासमा बस्ने बिद्यार्थीहरुको लागि ब्यक्तिगत ३ के.जी खसीको मासु समेत सहयोग गर्नु भयो । संघका जिल्ला अध्यक्ष वुद्धराज बस्नेतले उक्त विद्यालयका प्रधानध्यापक दिपक राईलाई सहयोग हस्तान्तरण गर्नु भएको हो। प्रधानाध्यापक राईले संघले गरेको सहयोगले बालबालिकाको सिकाई प्रकृयामा थप सहयोग पुग्ने बताउँदै बिद्यालयबाट १० जना दृष्टिबिहिनले एसएलसी र एसईई उत्तिर्ण गरिसकेको जानकारी दिनु भयो । उँहाले १ जनाले जिल्लाभर कै सामुदायिक बिद्यालयबाट दोस्रो स्थान हाँसिल गर्न समेत सफल भएको बताउँनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष भेष बहादुर बस्नेत (राजकुमार), तृतीय उपाध्यक्ष बिचारी पराजुली, मानार्थ उपाध्यक्ष उजार सिंह तामाङ, महासचिव इशवर गुभाजु, सचिव तिर्थराज पौडेल, कोषाध्यक्ष सुरज पौडेल, सहकोषाध्यक्ष उद्धब पौडेल, कार्यससमति सदस्य कुमार थापा, भुपेन्द्र थापा, दल बहादुर श्रेष्ठ लगायत अन्य सदस्य, र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
विद्यालयमा सहयोग गरेपश्चात संघको शाखा कार्यालधय चौतारामा केक काटी दिवस मनाएको थियो । संघले ३० औं स्थापना दिवसको अवसरमा संघका अध्यक्ष बुद्धराज बस्नेतले जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई व्यवसायिक उन्नतीको शुभकामना व्यक्त गर्नु भयो । बस्नेतले उद्योग व्यवसाय ले तिरेको कर नै राष्टको पहीलो आयश्रोतको रुपमा देखीएको हुँदा सरकारले यद्योग ब्यवसायीहरुको लागी बिशेष प्राथमिकतामा राखेर कार्यक्रम लागु गर्न पर्ने बताउँनु भयो ।
कार्यक्रममा गत वर्ष २९ औँ स्थापना दिवसको अवसरमा संघले बाह्रविसे नगरपालिका–८ मा रहेको सिन्धु बहिरा आधारभूत विद्यालयका ३० जना बालबालिकालाई ट्रयाक सुट, टी सर्ट र खाजा सहयोग गरेको थियो ।
त्यस्तै २८ औँ स्थापना दिवश चौतारा बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई खाद्यन्न र फलफुल बिवतरण गरि मनाएको संघका अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।
