कुमार बस्नेत अधिराज
सिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकद्धारा बुधबार बन्देउमा सवारी चालकहरुलाई सवारी नियम पालना गरे/नगरेको बिषयमा चेक जाँच गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय अधेरीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवम्ं रोकथामका निमित्त यो अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रमुख गोपिराम भण्डारीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काको प्रमुख अतिथ्यमा एवम्ं जिल्ला स्थित सुरक्षा निकायका प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख एवंम् स्थानिय जनप्रतिनिधि, पत्रकार तथा सर्वसाधारणकोे उपस्थितिमा भएको चेक जाँचमा २ जना टिपर चालकलाई लागु पदार्थ सेवन गरेका पाइएको र २ जना निजी सवारी चालकलाई मादक पदार्थ सेवन गरेको पाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोक र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा विभिन्न जिल्ला भएर सिन्धुपाल्चोक जिल्ला भित्रने र सिन्धुपाल्चोकबाट बाहिरिने सवारी साधनका चालकहरूको लागु पदार्थ तथा मादक पदार्थ सेवन गरे/नगरेको सवारी नियम पालना गरे÷नगरेको बिषयमा चेक जाँच र परीक्षण गरिएको हो ।
कार्यक्रममा मापासे तथा लापासे चालकहरूमा परिक्षण गर्दा राम्रो हुने र दुर्घटना समेत कम हुने हुँदा यो कार्य गरेकोमा खुशी लागेको चरिकोटबाट काठमाण्डांै जाँदै गरेका यात्रीहरुले बताएका छन् । ५५ जना सवारी चालकहरुको चेक जाँच गरिएकोमा त्यस मध्ये शंकास्पद १५ जनालाई भने मादक पदार्थ सेवन गरे÷नगरेको र लागु पदार्थ सेवन गरे/नगरेको भनेर परिक्षण गरिएको थियो । त्यस मध्ये २ वटा भाडाका टिपर चालकले लागु औषध लागु पदाथै सेवन गरेको पाइएकोले आवश्यक कार्बाहीका लागी जिल्ला प्रहरी कार्यालय पठाइएको र एउटा मोटर साइकल तथा एउटा बलेरोको चालकले मादक पदार्थ सेवन गरेको हुँदा आबश्यक कार्बाहीको लागी ट्राफिक प्रहरी कार्यालय अधेरी पठाइएको छ ।
सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काले कुनै पनि कारणबाट सवारी दुर्घटना भएको समाचार सुन्न नपरोस भन्दै राजमार्गमा हुन सक्ने अनियमितता लापार्वाहीलाई रोक्नका लागी सबै सुरक्षा निकाय सक्रीय रहेको बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लामा ट्राफिक प्रमुख भए आउँनु भएका भण्डारीले यो अभियानलाई श्रोत र साधनले भ्याएसम्म निरन्तरता दिने र सवारी नियम उल्लघंन गर्ने जो कोहीलाई पनि कार्वाही गरिने बताउँनु भयो ।
उहाँले बन्देउमा मात्र होइन जिल्लाको कुनै पनी स्थानमा आकस्मिक परिक्षण गरिने र सवारी चालकसँगै सवारी साधन समेतको अबस्थाका बारेमा मिस्त्री सहित परिक्षण गरिने बताउँनु भयो ।
