साउन ५ गते , इटहरिको नेचर हव सेन्टरको हलमा हाम्रो लघुकथा केन्द्र नेपाल , कोशी प्रदेशको तदर्थ समितिको आयोजनामा समिति गठन र लघुकथा वाचनको कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रका अध्यक्ष लता केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कोशी प्रदेशका संयोजक अनु विज्ञातिको सभापतीत्व भएको हो । आयोजकले तदर्थ समितिमा प्रस्तावित नामहरूलाई अनुमोदनपछि पदाधिकारीहरुको ११ सदस्यीय समिति गठन गरेको थियो । समितिमा संयोजक ( अनु विज्ञाति, सह संयोजक (श्रीप्रसाद पोखरेल , सचिव( सीता रेग्मी, सह सचिव (शुक्रराज कुँवर, कोषाध्यक्ष (पी पी कोइराला सदस्यहरु रोशन पराजुली, राजकुमार श्रेष्ठ, पुष्पा सायरा, नवराज पोखरेल नवशिला, सरिता भट्टराई नेपाल र तारा श्रेष्ठ रहनु भएको छ । यसै गरि समितिका संयोजकमा खेमराज खनालञकलमसौखिनझ र सल्लाहकारहरूमा उमा सिजापती र रमेन्द्र कोइराला रहनु भएको छ । लघुकथा गान सहित शुरु भएको सो कार्यक्रममा उपस्थित सम्पूर्णलाई सहसंयोजक श्रीप्रसाद पोखरेलले स्वागत गर्नु भएको थियो । कार्यक्रमको दौरानमा सुशीला सुवेदी पाठक , सूर्य भट्टराई ,उमा सिजापती , पवित्रा सापकोटा ,भूमिका खनाल , यज्ञप्रसाद भण्डारी ,
रमेन्द्र कोइराला , पुष्पा शायरा , खेमराज खनाल र दीप मंग्रातीले लघुकथा वाचन गर्नु भयो ।
सीता रेग्मीले सञ्चालन गरेको सो कार्यक्रममा विशिष्ट अतिथि खेमराज खनाल ञ कलमसौखिन झ ले केन्द्रलाई सहयोग पुर्याउन आफू हरपल तत्पर रहेको भन्दै थाङ्नू शीर्षकको लघुकथा वाचन गरेर सुनाउनु भयो । उहाँले लघुकथाको प्रदेश स्तरीय समिति निर्माण भएकोमा खुसी व्यक्त गर्दै मोफसलमा बसेर लेख्नेले पनि अवसर पाउँदा साहित्यको श्रीबृद्धिमा सहयोग पुग्ने धारणा राख्नु भयो । नेचर हर्ब्सका प्रोप्राइटर सन्तोष धमलाले शुभकामना मन्तव्यको क्रममा आफूले कोशी प्रदेशलाई आफुसक्दो सहयोग पुर्याउँदै आएको र यसलाई निरन्तरता दिने विचार व्यक्त गर्नु भयो ।उहाँको विचार र कार्यप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको थियो । प्रमुख अतिथिको मन्तव्यमा केसीले आफू बिराटनगर आएको अवसरमा कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमप्रति खुसी व्यक्त गर्दै लघुकथाको प्रवर्द्धनमा कोशी प्रदेश सदैव अगाडि बढिरहोस् भन्ने कामना गर्नु भयो । कार्यक्रमको सम्पूर्ण व्यबस्थापन कोशी प्रदेशका सहसंयोजक श्रीप्रसाद पोखरेलले गर्नु भएको थियो । लगभग ४० जना साहित्यप्रेमी उपस्थित उक्त कार्यक्रम भव्य र सभ्य रहेको थियो । कार्यक्रमको अन्तिम चरणमा सभापति अनु विज्ञातिले
व्यबस्थापन पक्ष र उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नु भयो ।
साउन महिनामा हाम्रो लघुकथा केन्द्रमा पोष्ट भएका लघुकथा सङ्ख्या ४२५ रहेको र नयाँ लघुकथाकार थपिने क्रम जारी रहेको छ। यस महिनामा नयाँ लघुकथाकारहरू, बिन्दु पौड्याल वस्ती,
हिमलाल नेपाली, दुर्गा पी अधिकारी क्रान्तिकारी, सुभाष देवकोटा रहनु भएको जानकारी चौबिस घण्टामा लघुकथा कार्यक्रमका संयोजक तथा व्यबस्थापक छविलाल खड्काले गराउनु भएको छ । लघुकथा समाज कोशीले लघुकथा प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गरेको छ। मासिकरूपमा सञ्चालन गर्दै आएको लघुकथा प्रतियोगितामा वर्षभरिमा जम्मा ३६ वटा लघुकथा उत्कृष्ट भएका थिए । ती उत्कृष्ट लघुकथाहरूबाट हालै ४ उत्कृष्ट छनौट गरेर अन्तिम नतिजाबारे आयोजकले जानकारी गराएको छ ।
निर्णायक तुलसीहरि कोइराला, विनोद नेपाल र ममता मृदुलको समूहले निर्णय गरे अनुसार शान्ता तिम्सिना, रञ्जना पराजुली लम्साल, ललिता दोषी र किशन पौडेल उत्कृष्टको सूचीमा परेका छन् । आगामी लघुकथा दिवसको अवसरमा उत्कृष्ट लघुकथाकारहरूलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ , आयोजक पक्षले बताएको छ । सुरभि साहित्य प्रतिष्ठानले साउन १९ गते संस्थाको सोह्रौँ साधारण सभाको अवसरमा विविध पुरस्कारहरूले स्रष्टाहरूलाई पुरस्कृत
गरेको छ । १० हजार नगद रहेको यस वर्षको सुरभि( अच्युतराम लघुकथा पुरस्कार नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलाईलघुकथाको क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै प्रदान गरेको हो ।
पुरस्कारका लागि प्रतिभा छनौट तथा मूल्याङ्कन समितिमा संयोजक श्री गोपी मैनाली र सदस्यद्वय श्री ठाकुर शर्मा भण्डारी र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष श्री बाजुरामप्रसाद पौडेल रहनु भएको थियो । यसैगरी लघुकथा समाजद्वारा जारी विज्ञप्तिमा समाजले हेटौडाका स्रष्टा आर आर चौलागाईँलाई पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान (२०८१ र नेपाल भाषामा ७ वटा लघुकथासङ्ग्रह प्रकाशित गर्नु हुने भक्तपुरका स्रष्टा श्याम आशालाई धनमान लघुकथा पुरस्कार (२०८१ आगामी १७औँ लघुकथा दिवसको अवसरमा प्रदान गरिने जनाइएको छ । लघुकथा प्रतिष्ठान पोखराको ६३ औं नियमित लघुकथा वाचन सम्पन्न भएको छ। हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन हुँदै आएकोमा साउन १२ गते शनिबार पोखरामा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा साहित्यकार सरुभक्तले ञञलघुकथा मुक्तक जस्तै चोटिलो एक सशक्त प्रविधा रोचक हुने भएकोले पछिल्लो अवस्थामा निकै फष्टाएको छ। यो लघुकथा भाव र विचार प्रधान अभिव्यञ्जना यसमा हुने हुँदा यसको साहित्यमा बेग्लै महत्व छ।झझभन्दै आफ्नो धारणा व्यक्त गर्नु भयो । उक्त अवसरमा मदन बराल, रेशम गिरी, छवि सुवेदी, सुरज उपाध्याय, काजी गाउँले, गीता तिवारी, विष्णु वास्तोला, ढाकामोहन बराल, शुभ शर्मा, अल्पविराम र कल्याण पन्तले लघुकथा वाचन गर्नु भएको थियो । प्रतिष्ठानका सदस्य रुपिन्द्र प्रभावी जोशीले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा बिष्णु बास्तोलाले स्वागत मन्तव्य राख्नु भएको थियो । सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालकृत् सनेस लघुकथासङ्ग्रहमाथि परिचर्चा कार्य सम्पन्न भएको छ ।
साउन १३ गते आइतबार , डा. हरिप्रसाद भण्डारीको सभापतीत्वमा स्रष्टा साँझ अमेरिकाले कार्यक्रम आयोजना गरेको थियो। जुम प्रविधिमार्फत् गरिएको उक्त कार्यक्रममा डा। हरिप्रसाद भण्डारी , डा। कुसुमाकर शर्मा गौतम , डा। शेखरकुमार श्रेष्ठ , इन्दिरा चापागाईँ र शेखर अर्याल परिचर्चाकारको रूपमा रहनु भएको थियो । उहाँहरूले कृतिको गुण र दोषको आधारमा विमर्श गर्नुभयो ।
सैद्धान्तिक पक्षमा ध्यान दिएर लेखिएको सनेस कृतिभित्र समाविष्ट ६२ वटा लघुकथाहरुमा अधिकाँश लघुकथामा बिम्ब , प्रतीक , व्यङ्ग्य भाव , संवाद , कृतिमा सामाजिक राजनीतिक विकृति ,
प्रशाशनिक वेथिति , आदर्श र यथार्थ भाव , राजनीतिक विसङ्गति , महिला र बुढ्यौली वर्गका समस्या , देशप्रेम र राष्ट्रियताजस्ता विविध विषयमा उठान गरेको , भाव र विचार पक्षको मिलन , सकारात्मक सिकाइको बाटो अपनाइएको बताउनु भयो । आफ्नै परिवेशभित्र कथानक बुनिएको , उखानको भरमार प्रयोगले मिठास थपेकोले कृति सुन्दर बनेको चर्चा गर्नु भयो तर केही लघुकथाहरूले लघुकथाको मापदण्डलाई आत्मसात नगरेको , आख्यान तत्वको अभाव रहेको , द्वन्दको हिसाबले केही लघुकथा शिथिल रहेको , शुद्धतामा थोरै ध्यान नपुर्याएको , शब्द र वाक्यगठनको चयनमा खास ध्यान दिनुपर्ने दोष केलाएर आगामी दिनमा सुधारको बाटो अपनाउन पनि सुझाव दिनु भयो ।
प्राध्यापक विश्वराज अधिकारीले सञ्चालन गर्नु भएको सो कार्यक्रमना लता के। सी। अतिथिको रूपमा उपस्थित रहेर कृतिकारलाई बधाइ तथा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा कृतिकारले आगामी दिनमा आफूलाई सच्याउने प्रसस्तै बाटाहरू पाएकोमा खुसी व्यक्त गर्दै सबै पक्षलाई धन्यवाद दिनु भयो । अन्त्यमा कार्यक्रमका सभापती डा। हरिप्रसाद भण्डारीले कार्यक्रम निकै फलदायी रहेको र आफूलाई आयोजकले अवसर र स्थान दिएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा टङ्क आले मगरकृत् पहिलो लघुकथासङ्ग्रह ञमोए स्याहाझ को विमोचन भएको छ ।
साउन २४ गते बिहिबार , काठमाण्डौँमा ३०औँ विश्व आदिवासी दिवसको अवसरमा विविध मातृभाषी सर्जकका १८ वटा कृति सार्वजनिक गरिएको धियो । कृतिकार मगरको ञमोए स्याहाझ मगर भाषामा लेखिएको छ । आदिवासी आयोगका अध्यक्ष श्री रामबहादुर थापा मगरले सो कृतिको विमोचन गर्नु भएको हो । छविलाल खड्काद्वारा लिखित भित्ताका कान लघुकथासङ्ग्रहको विमोचन भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान , कोहलपुरको आयोजामा साउन २६ गते शनिबार , ज्ञानोदय पुस्तकालय , कोहलपुरको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष लगायत् प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मा। कृष्णा के सी नमूना , विशिष्ट अतिथि प्रज्ञा सभा सदस्य महानन्द ढकाल , पूर्व प्रज्ञा सभा सदस्य हरिप्रसाद तिमिल्सिना र कृतिकार खड्काले कृतिको सामूहिक विमोचन गर्नु भयो ।
लगभग सय जना साहित्यानुरागीहरूको उपस्थितिमा बिधागत गान ञ हाम्रो लघुकथा गान झ घन्काएर विमोचन गरिएको थियो । कार्यक्रममा समीक्षक लेकप्रसाद प्याकुरेलले विमोचित कृतिको साङ्गोपाङ्गो समीक्षा गर्नु भयो । केही कथाहरुले सुधार खोजेतापनि धेरै कथाहरु अब्बल रहेकाले उक्त कृति पठनीय र सङ्ग्रहणीय रहेको निष्कर्ष रह्यो । बद्री ढकाल हिरामणीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
यसैगरी प्रा। डा। खेमराज खनाल ञ कलमसौखिनझ को दोस्रो लघुकथासङ्ग्रह थाङ्नूको विमोचन भएको छ ।
साउन २६ गते शनिबार , कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानमा कार्यक्रम भएको थियो । अखिल नेपाल लेखक सङ्घ , एक नम्बर प्रदेश समितिको आयोजनामा , भएको उक्त कार्यक्रममा , कार्यक्रमका प्रमुख अतिथि भानु भण्डारीले कृतिको विमोचन गर्नु भयो । कार्यक्रमको अध्यक्षता प्रा।डा। खेमराज खनालले गर्नु भएको थियो । उक्त अवसरमा डा। पुष्पलाल न्यौपानेद्वारा लोकार्पित कृतिको परिचर्चा गर्नु भयो भने केही लघुकथाकारहरूले लघुकथा वाचन गर्नु भयो । कार्यक्रममा धरान, इनरुवा, इटहरी, तरहरा, वराहक्षेत्र, झापा, बेलबारीका करिवन् ७ दर्जन साहित्यकारको उपस्थिति रहेको थियो । विमला पोखरेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सुधीर केसीले स्वागत मन्तव्य राख्नुभएको थियोे । कार्यक्रमको दौरानमा विमोचन , वाचन र विमर्शनका अतिरिक्त साहित्यिक योगदानको कदर गर्दै आयोजकले , खेमराज खनाल , अनु विज्ञाति , शारदा दहाल भण्डारी लगायतका १२ जना स्रष्टाहरूलाई सम्मान गरेको थियो ।
