सम्पर्क

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

कुमार बस्नेत अधिराज
सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ अधेरीमा जिल्ला ट्राफिक कार्यालयले यन्त्रिक परीक्षण गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवं रोकथामका निमित्त बिहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा वर्कशपहरूमा कार्यरत दक्ष मेकानिकलहरूको सहकार्यमा विभिन्न जिल्ला भएर सिन्धुपाल्चोक जिल्ला भित्रने र सिन्धुपाल्चोकबाट बाहिरिने सवारी साधनको बलेफी गाउँपालिका वडा नम्बर ६ स्थित अधेरीमा यन्त्रिक परीक्षण गरिएको छ ।

उक्त परीक्षण कार्यक्रममा १ सय २० वटा भन्दा बढी विभिन्न सवारी साधनको यन्त्रिक परीक्षण गर्दा १५ वटा सवारी साधनको अवस्था ठिक नभएको पाइएकोले उक्त सवारी साधनको यान्त्रिक अवस्था ठिकसँग मर्मत गराउनुका साथै आवश्यक कारबाही समेत गरिएको आउदा दिनहरूमा पनि यस्ता कार्यहरू गर्दै जाने जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपीराम भण्डारीले बताउनु भयो ।