सम्पर्क

दुना टपरीमा पहीरो १५लाख बराबर क्षेती

सिन्धुपाल्चोक जिल्लामा रहेको सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको भबनलाई पहिरोले क्षती गरेको छ । सुनकोशी गाउँपालिका वडा नम्बर ३ सुकुटे सेरामा रहेको सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको भबनमा माथीबाट श्रावण ३० गते राती परेको अबिर बर्षाको कारण पहिरो खसी भबन पुर्ण रुपमा क्षती भएको हो । पहिरोबाट भबन भित्र रहेको सामानहरु नस्ट भएको छ भने सुरक्षाकर्मी जनप्रतिनिधीहरुको सहयोगमा पुरिएको मेसिन निकालिएको छ । निकालीएको मेशीन पनि क्षेती भएको अबस्थामा रहेको उत्पादन केन्द्रका शारदा प्रसाद चालीसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ३ अध्यक्ष इश्वर तामाङ वडा नं ५ का अध्यक्ष जाल बाहादुर तामाङ सुरक्षा निकायहरुकोे उपस्थितमा मेसिन र केही सामान निकालीएको छ, भने करिब १५ लाख बराबरको क्षती भएको छ ।