सम्पर्क

विद्यार्थीलाई शैक्षिक सामाग्री, झोला स्वास्थ्य सहित खेलकुद सामाग्री वितरण

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका –१० स्थित रहेको श्री सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री झोला सहित स्वास्थ तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।
आज विद्यालयको प्राङ्गणमा नेपाली कांग्रेसका युवा नेता पुर्व जिल्ला सचिब एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले विद्यार्थीलाई शैक्षिक सामाग्री सहित झोला वितरण गर्नुभएको हो ।
किवानिस क्लब अफ सिन्धुपाल्चोक नेपालले आयोजना गरेको शैक्षिक तथा स्वास्थ सामाग्री वितरण कार्यक्रममा बोल्दै तामाङले विद्यार्थी र विद्यालयको शैक्षिक स्थिति सुधार गर्न सधै लागि पर्ने बताउनुभयो । साथै यो सहयोगले विद्यार्थीहरुको अध्ययनमा थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो । तामाङले विद्यालयको भौतिक संरचना लगायत विद्यालयमा आउने समस्यालाई समाधान गर्न आफू सधै लागि पर्ने समेत बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले दैनिक रुपमा प्रयोग गर्ने साबुन, ब्रस, दन्तमन्जनसहित व्याडमिन्टन सेट पनि वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय तामाङ अध्यक्षतामा कार्यक्रममा इन्द्रावती –१० का वडाध्यक्ष रामचन्द्र घिमिरे, वडा सदस्य हेमन तामाङ, समाजसेवी गणेश भट्टराई लगायतको उपस्थिति रहेको थियो भने सरस्वती आधारभुत विद्यालयका प्रधानध्यापक पशुपति न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।