सम्पर्क

भवन बिबादका कारण वडा कार्यालयमा ताला

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. ३ को भवन निर्माणको बिषयलाई लिएर बिबाद उत्पन्न भएको छ । उक्त बिबादका कारण हाल भएको वडाकार्यलयमा समेत तालाबन्दी गरिएको छ । स्थानीयहरुले वडा कार्यालय पायक नपरेको हुँदा अन्यत्र सार्नपर्ने भन्दै ताला लगाइएको बताइएको छ । पूर्ववडा अध्यक्ष देवप्रसाद बानियाँले वडा कार्यालय निर्माणको लागी नागरिकको रोजाईको ठाउँमा नभएको बताउनुभयो । वडा कार्यालय सबैलाई सहज पहुँच हुने र सहजता हुने खालको ठाउँमा हुनुपर्ने भएको उहाँले बताउनुभएको छ । वडावासीहरू विकास निर्माणको बाधक नभएको पनि उहाँले प्रस्ट पार्नुभयो । वडा कार्यालय बन्नु राम्रो भएपनि नागरिकको अपेक्षा अनुसार नहुनु दुःखको कुरा भएको उहाँले बताउनु भएको छ । समाधान नआएसम्म ताला नखोलिने राप्रपाका नेता भूपेन्द्र बानियाँले बताउनुभएको छ । खुतुमेडाँडा बाहेक वडाको स्वेच्छाले गर्दा पनि सहमत रहेको उहाँले बताउनुभएको छ । सतीको माने, भन्ज्याङ, लाकुरीको बोट र पाताल मध्ये कुनै एउटा तोक्नलाई आफुहरुले सहयोग गर्ने उहाँले बताउनुभयो । इन्द्रावती गाउँपालिकाको वडा कार्यालय भवन निर्माणका लागी गत बर्ष सर्बदलीय समिती निर्माण गरी उपयूक्त स्थान खोज्नका लागी अधिकार दिइएको र उक्त समितीले उपयुक्त स्थान खोज्न नसकेपछी वडा समितीले निर्णय गरेर गँउ पालिकामा पेश गरेको र गाँउपालिकाले पनी उपयुक्त स्थानको टुङ्गो नलागेका कारण वडा समितीले गरेको निर्णयका आधारमा अहीले भइरहेको वडा कार्यलय सँगै भवन निर्माणको प्रकृया शुरु गरेको वडा अध्यक्ष भिमसेन थापाले बताउँनु भयो । अध्यक्ष थापाले उचित ठाउँ नभएका कारण खुतुमे डाँडालाई नै वडा कार्यालय कायम गरिपालिकाबाट ठेक्का आह्वान भई निर्माण कम्पनीले ठेक्का लगाइसकेको पनि उहाँले जानकारी दिनुभएको छ । उँहाले आब २०८०÷८१ म अहिले वडा कार्यलय भएको ठाउँ सडकले छोएको बजार नजिक, जग्गा पनि पर्याप्त भएको र बातबरण पनि राम्रो भएकाले वडा समितीबाट सर्बसम्मत निर्णयगरी गाउँपालिकामा पेश गरेको र यसको बिकल्पमा उपयूक्त स्थान भएमा अन्यत्र भवन निर्माण गर्ने र नभएमा वडा समितीले गरेको निर्णयलाई मान्य हुने भनी सहमती भएर ठेक्का लगाइएको बताउँनु भयो ।
२०८० असोज ६ गते भएको छलफलमा सर्वदलीय बैठक र वडा कार्यालय बीच भएको सहमतिमा ४५ दिनको समय दिएर जग्गा खोज्ने अधिकार दिएको थियो । ४५ दिनभित्र जग्गा खोज्ने र यदि सो समयमा खोज्न नसकेमा पालिकाले तोकेकै ठाउँमा वडा कार्यालयको भवन निर्माण गर्ने निर्णय भएको थियो । तर जग्गा खोज्ने समितीले जग्गा खोज्न नसके पछी भवन निर्माण प्रकृया सुरु गरेको हो । अझै पनी चित्त नबुझे वडा समितीको निर्णय बिरुद्ध बिकल्पको प्रमाण सहीत अदालतमा मा जाने बाटो छ । कानुनले रोक्ने आदेस दिएछ भने रोक्न सकिन्छ । कानुनी बाटो खुल्ला हँुदा हँुदै आफ्नो माग पुरा गराउँने नाममा सर्बसाधरण नागरिकले पाउँने सेवा प्रबाह गर्ने कार्यलय बन्द गर्नु राम्रो होइन भन्नुभयो ।