बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग खेल्न सिन्धुपाल्चोकबाट टिम मेनेजर कुमार बस्नेत टिम कोच माधव बिक सहित ४ पुरूष २ महिला सहित ६ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।
प्रतियोगिता भदौ १ र २ गते नागार्जुन कभर्डहल स्युचाटारमा हुनेछ ।काठमाडौं जिल्ला समन्वय समिति तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजनामा हुन लागेको उक्त लिगमा सिन्धुपाल्चोकबाट विभिन्न तौल समूहका ६ जनाले सहभागिता जनाउने भएका छन् भने सिन्धुपाल्चोक टिमको कोचको रुपमा सिन्धुपाल्चोक तेक्वान्दो प्रशिक्षक माधव विक रहनु भएको छ ।सिन्धुपाल्चोकबाट सहभागि हुने खेलाडीहरु१.अविशेक बस्नेत ४६–५० केजी तर्फ२. बुद्ध लामा ५०–५४ केजी तर्फ३. आश्रित पराजुली ४६–५० केजी तर्फ४. निसान लामा ५४–५८ केजी तर्फ५. सोनि तामाङ ४६–४९ केजी तर्फ६. शनिस्का बोहोरा ४९–५३ केजी तर्फटिम मेनेजर कुमार बस्नेत छन् भनेटिम कोचः मादब बिक रहनु भएको छ ।खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशभित्रका १३ जिल्लाबीच लिग सञ्चालन गर्न लागिएको हो।साउन ३२ गते बेलुका सम्ममा सबै जिल्लाका खेलाडीहरु काठमाडौ आई सक्ने काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिनस भयो । लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तल समूहमा प्रतिस्पर्धा हुनेछ ।लिगमा पहिलो हुनेले १० अंक, दोस्रोले ७ अंक र तेस्रो हुनेले ३ अंक पाउने छन् । हरेक लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र याताया तलगायतका खर्च आयोजकले बेहोर्ने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले जानकारी दिनु भयो । लिगभरिको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ ।
