सम्पर्क

कृषि बिकास कार्यालय र पशु सेवा कार्यालयले गर्यो वार्षिक समिक्षा तथा सार्वजनिकरण

कृषि विकास कार्यालयले आर्थिक वर्ष ०८०/०८१ मा गरिएका काम कर्तव्य र योजना सम्पन्‍न भएका कार्यक्रमहरुको वार्षिक समीक्षा तथा सार्वजनिकरण गरेको छ ।
जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा जिल्ला सम्मन्वय समितीको सभाहलमा कृषि विकास कार्यालय र पशु सेवा कार्यालयबाट संयुक्त रुपमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख बालकृष्ण श्रेष्ठले कृषि विकास कार्यालयले स्थानीय अगुवा कृषकहरु तथा कृषि प्राविधिकहरुलाई ज्ञान, सिप र क्षमता अभिवृद्धिको लागि सिपमुलक तालिम दिन आवश्यक रहेको बताउनुभयो । राज्यले कृषकहरुलाई लक्षित गरेर ल्याएका अनुदान, बजेट तथा कार्यक्रमहरुको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने समेत बताउनुभयो ।उँहाले स्थानीय तहको कार्यक्रम संचालन गर्दा पर्याप्त पारिस्पारिक सम्बन्ध कायम गर्न अपरिहार्य रहेको   बताउनुभयो । कृषि विकास कार्यालयलले शुक्रबार सरोकारवाला नियकायका प्रतिनिधिसंग कार्यक्रम संचालन गरी गत आर्थिक वर्ष ०८०÷०८१ कृषि सम्बन्धीका कार्यक्रम, उत्पादन मुलक कार्यक्रमको उपलव्धी,चुनौती र आगामी वर्षका लागि गरिने कार्यक्रम तथा रणनितीका विषयमा समिक्षा तथा सार्वजनिक गरेको हो ।
अनुदान बितरणमा कृषि बिकास कार्यालय काभ्रे धुलिखेलले सिन्धुपाल्चोक लगायतका आफ्ना कार्यक्षेत्र पर्ने काभ्रेपलाञ्चोक जिल्लामा बितरण गरिएको अनुदान स्थाननीय निकायसँग दोहोरो नपरोस् भन्नका लागी सुबिधा लिएकाहरुको नामवली अनलाइन मार्फत प्रकाशन गर्ने भएको छ । कृषी बिकास कार्यलय धुलिखेलद्धारा आयोजित २०८०/८१ को समिक्षा तथा २०८१/८२को बार्षीक कार्यक्रम सार्वजनीकरण कार्यक्रममा वास्तबीक सबै कृषकहरुबाट राज्यको सुबिधा प्राप्त होस भन्नका लागी यो योजना अगाडी ल्याउँन लागेको कृषी बिकास कार्यलय धुलिखेलका प्रमुख। बरिष्ठ बाली बिकास अधिकृत कुल प्रसाद दवाडीले जानकारी दिनुभयो ।
कार्यक्रमका बारेमा जानकारी दिदै दवाडीले जिल्लाको आधारभुत कृषी तथ्याकं तथ्याकंीय एवम बिश्वसनिय बिधीबाट सकलन व्यवस्थापन तथा नियमित अध्यवधिक गर्न नसकीएको दुई जिल्लाको तथ्याकं सकंलनका लागी सर्भेक्षण गर्ने जनशक्ती र साधन श्रोतको कमी भएकाले समस्या भएको बताउँनु भयो । कृषि मानिसहरुको पेशा नै भएकाले उनीहरुलाई प्रवद्र्धन र व्यवसायिक बनाउनका लागि आएको प्रदेश सरकार र संघीय सरकारबाटको बजेट कार्यान्वयन गर्दै यो वर्षको प्रगति विवरण सार्वजनिक गरिएको दवाडीले बताउनुभयो ।
उहाँले अनु्सार प्रवर्दन तथा विकास कार्यक्रम अन्तैगर्त एक वार्ड एक उत्पादन, खाद्यान्न बाली प्रवर्दन, व्यावसायिक तरकारी खेति प्रवर्दन, सुन्तलाजात फलफुल वगैचा स्थापना तथा सुदृढिकरण, चैते तथा मसिना धान प्रवर्दन, प्याज तथा लसुन प्रवर्दन, मौरी प्रवर्दन, प्रांगारिक मल वितरण कार्यक्रम, साना सिंचाई कार्यक्रम लगायतका कार्यक्रम रहेको बताउनुभयो ।
उहाँले जिल्लाको कृषी उत्पादन, उत्पादनत्व खेती गरिएको क्षेत्रफल सिचित क्षेत्रफल लगाएतका सुचकहरुको यथार्थपरक उपलब्धी मापन गर्न कठीनाइ भएको बताउँनु भयो । उँहाले स्थानीय स्तरमा समन्वय गर्ने प्रयास भइरहेको भएता पनी यसमा पुर्ण रुपमा सफलता भइ नसकोको बताउँनु हुँदै कृषी बिकास कार्यलयले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार काम गरिरहेको र सोही अनुसार गर्ने बताउँनु भयो । उँहाले गत बर्ष सिन्धुपाल्चोकको हकमा र्चौतारा साँगाचोकगढी नगरपालिकामा सबै भन्दा बढी ३९ र जुगल गाँउपालिकामा सबै भन्दा कम २ वटा योजना सम्झौता भएको बताउँनुभयो ।
पशु बिकास कार्यालय काभ्रेपलान्चोकका प्रमुख डा. निशान्त गेलाङले विशेष गरेर पशु विमाहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो । पछिल्लो समय पशुहरुमा लम्पि स्किन जस्ता विभिन्न रोगहरु फैलिएको हुदा कृषकका लागि विमा कार्यक्रम संचालन गरेको समेत बताउनुभयो ।
पशु सेवा कार्यालय दोलखाको कार्यक्षेत्र रहँदै आएको सिन्धुपाल्चोक जिल्ला अब पशु सेवा कार्यालय काभ्रेको कार्यक्षेत्र भित्र पर्ने गरी सेवा प्रवाह हुने भएको छ । अब कृषि विकास कार्यालय र पशु सेवा कार्यलयका सेवा केन्द्र समेत स्थापना भई सेवा प्रवाह हुनेछ ।
यसैगरी खाद्य पोषण तथा सुरक्षा आयोजनाका प्रमुख राजेश केसीले अनुदान कार्यक्रममा दोहोरापन नहोस भन्नका लागी सबै सँग सहकार्य हुन पर्नै बताउँनु भयो । कार्यक्रममा लिसखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले कृषि विकास कार्यालयसँग सिन्धुपाल्चोक कृषक बढी आवद्ध हुन नसकोको बताउनुभयो । हेलम्बु गाँउपालिका उपाध्यक्ष अप्सरा लम्सालले कृषि विकास कार्यलय र स्थानीय तहको समन्वय गरेर कृषकलाई विभिन्न औजारहरु वितरण गर्ने गरेमा अझ सहुलियत हुने बताउनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले कृषि विकास कार्यालयको कार्यक्रमहरु हेर्दा पाँचपोखरीमा कम भएको कुरा उल्लेख गर्नुभयो । पाँचपोखरीमा विशेषगरेर रासायनिक मलको अभाव हुने र स्थानीय तहले रासायनिक मल कृषकलाई वितरण गर्दा यस कार्यालयसँग समन्वय गर्दा अझ कृषकलाई सहुलियत हुने बताउनुभयो ।
मेलम्ची नगरपालिका अमर नाथ आचार्यले कृषी क्षेत्रमा कृषी बिकास कार्यलय घुलीखेलबाट भएका कार्यहरुको प्रशंसा गर्दै धन्यवाद दिनुभयो ।
कार्यक्रम जिल्ला समन्वय सतितिका प्रमुख बालकृष्ण बस्नेतले गमलामा राखीएको बिरुवामा पानी हालेर उद्धघाटन गर्नू भएको थियो।े कार्यक्रमा जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सरकारी तथा सहकारीका प्रतिनिधि, कार्यालयका प्रमुख, पत्रकार, स्थानीय तहका कृषिरपशु सेवा शाखाका प्राविधिक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन कृषि विकास कार्यालय कृषि प्रसार अधिकृत अमृता पौडेलले गर्नुभएको थियो । समीक्षा कार्यक्रममा सहभागीहरुले कृषिको बजेट वास्तविक कृषकहरुलार्ई छनोट गरी उनीहरुलाई नै अनुदानका कार्यक्रम दिनुपर्नेमा जोड दिएका थिए ।