सम्पर्क

ईसुगनले सुरु गर्यो विद्युतीय व्यापार सेवा

इलेक्ट्रोनिक सामानहरूको प्रमुख ई–कमर्स प्लेटफर्मका रूपमा ईसगुन डटकमले आफ्नो अनलाइन सेवा सुरु गरेको छ । नेपाली उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न शीर्ष ब्रान्डको उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू अनलाइन मार्फत उपलब्ध गराउने लक्ष्यसहित ईसगुनले सेवा सुरु गरेको हो ।आफ्नो सेवा सुरु गरेको औपचारिक घोषणा गर्दै इलेक्ट्रोनिक्स सामाग्रीहरुमा नविनतम प्रविधिको खोजी गर्ने प्रविधी प्रेमीहरूको विश्वासनीय गन्तव्य बन्ने लक्ष्य राखेको छ । यस्तै ती उपभोक्ताको प्राथमिक गन्तव्य बन्ने लक्ष्य समेत राखेको कम्पनीले जानकारी दिएको छ ।‘हामी सरल, सहज र प्रभावकारी किनमेल अनुभव प्रदान गर्न र नेपालमा इलेक्ट्रोनिक सामानहरूको गुणस्तरमा उत्कृष्टता ल्याउन प्रतिबद्ध छौं,प्रमुख कार्यकारी अधिकृत बाडेले नेपालमा इलेक्ट्रोनिक्स सामाग्री तथा तीनका एक्सेसरिजको अनलाइन किनमेल अनुभवलाई परिष्कृत गर्न कम्पनी तयार रहेको बताउँनु भयो । ‘असाधारण सुविधा र गुणस्तर प्रदान गर्ने उद्धेश्यसहित यस प्लेटफर्मको सुरुवातले बजारमा ठूलो प्रभाव पार्ने कुरामा हामी निश्चित छौं,’ सो अबशरमा बाडेले बताउँनु भयो । ईसगुनमा इयबड्स, स्मार्ट वाच, स्मार्ट फोनको कभर, चार्जर, लाईभ भिडियो शूट लगायत ईलेक्ट्रोनिक्स उपकरणहरू पाइन्छ । ईसगुनका सजेश बाडेले ‘नेपालको ई–कमर्स क्षेत्रमा ईसगुनले आज एक महत्वपूर्ण कोशेढुंगा पार गरेको सूचना प्रवाह गर्न पाउँदा उत्साहित भएको बताउँनु भयो ।’ उहाँले ग्राहकहरूको गुणस्तरिय ईलेक्ट्रोनिक्सका सामाग्री तथा तीनका एक्सेसरिज सम्बन्धी सम्पूर्ण अपेक्षाहरू पूरा गर्नुका साथै सन्तुष्टी समेत सुनिश्चित गर्ने मुख्य उद्धेश्य रहेको बताउँनु भयो ।