सम्पर्क

ब्रेकिङ न्युज २

एसइई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

ब्रेकिङ न्युज २, समाचार
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (शुक्रबार) नतिजा प्रकाशित गरेको हो । यस वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी गराउनुभएको हो । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । यसरी हेर्नुस् नतिजा:...
विव्यस समिति, प्रधानाध्यापक र शिक्षकको एकताबाट मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार सम्भव छः नगर प्रमुख तामाङ

विव्यस समिति, प्रधानाध्यापक र शिक्षकको एकताबाट मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार सम्भव छः नगर प्रमुख तामाङ

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकको एकताबाट मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार सम्भव हुने धारणा राख्नुभएको छ । मेलम्ची नगरपालिकाद्वारा आयोजित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि अभिभावक शिक्षा सम्बन्धि क्षमता विकास तालिमको समापन गर्दै प्रमुख तामाङले शैक्षिक क्षेत्रको सुधारका लागि नगरले प्रयाप्त बजेट विनियोजन गरेको बताउनु भएको हो । दुई दिन चलेको तालिममा नगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सहभागिता रहेको शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण अभिषेक घिमिरेले गर्नुभएको थियो ।...

मेलम्चीका विभिन्न स्थानमा बजार अनुगमन, एक मिठाई पसलमा सिल

ब्रेकिङ न्युज २, समाचार
उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची नगर समितिको अगुवाइमा मेलम्ची नगरपालिकाको टोलीले नगरका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । दुई दिनसम्म चलेको अनुगमनमा नगरपालिकाका वडा नं. ६, ११ र १२ का खाद्यान्न पसल, होटल, मेडिकल, भेटेनरी, बेकरी, मिठाई पसल लगायतका व्यवसायहरूमा निरीक्षण गरिएको हो । अनुगमनका क्रममा सरसफाइ     नगरेको, नविकरण नगरेको र बिलबिजक नराखेको पाइएपछि नव दुर्गा स्वीट्स एण्ड चाट हाउसमा सिल गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार नियमविपरीत व्यवसाय सञ्चालन गरेकाले पसललाई सिल गरेर दण्ड–जरिवाना समेत गरिएको छ । त्यस्तै, अनुगमनकै क्रममा म्याद सकिएका करिब ३५ हजार रुपैयाँ बराबरका सामग्री जफत गरी नष्ट गरिएको पनि दुलालले बताउनुभयो । बजार अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च, मेलम्ची नगरपालिका, जनप्रतिनिधि, मेलम्ची नगर उद्योग...

डिभिजन बन कार्यलय सिन्धुपाल्चोक को आयोजना मा लोड सल्ला को बिरुवा रोपण

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला सवडिभिजन बन कार्यलय बाह्र्बिसे को समन्वय मा लोपुन्मुख प्रजाती जडिबुटी लोड सल्ला को बिरुवा रोपण कार्यक्रम भैरहेको सामुदायिक बन उपभोक्ता महासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोक का उपाध्यक्ष शारदा प्रसाद चालिसेले जानकारी दिनु भयो । चालीसेका अनुसार सिखर चुली सामुदायिक बन समुह का अध्यक्ष साजन श्रेष्ठ को अगुवाइ मा उपभोक्ता हरु को सकृयता मा सिखर चुली सामुदायिक बन मा लोपुन्मुख प्रजाती जडिबुटी लोड सल्ला को बिरुवा रोपण कार्यक्रम भैरहेको हो । चालिसेका अनुसार क्यान्सर रोग निको पार्ने औषधीको रुप मा यो लोड्सल्ला लाई प्रयोग गरिन्छ ।यस्को पात फल डन्ठी काठ बोक्रा सबै क्यान्सर रोग को लागी औसधि मा प्रयोग गरिन्छ ।यो लोड सल्ला लेक साइड हिमाली भाग मा पाइन्छ ।यस्को काठ को पलङ बनाएर सुते मा क्यन्सर रोग लाग्न बाट बच्न सकिन्छ ।पात कलेक्सन गरेर सुकाउने र डस्ट बनाएर बिक्री गर्न सकिन्छ फल पनि बिक्र...

म दलित हुँ भन्ने मानसिकता त्यागेर अघि बढ्नुपर्छः उपप्रमुख प्रधान

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधानले म दलित हु भन्ने मानसिकता त्यागेर अघि बढ्नुपर्ने बताउनुभएको छ । मेलम्ची नगरपालिकाको सहयोगमा राष्ट्रिय दलित पत्रकार संघ सिन्धुपाल्चोकको आयोजनामा सञ्चालित दलित हकहित सम्वन्धी कानुनी साक्षरता एवम अन्तरक्रिया कार्यक्रमको उदटन गर्दै उपप्रमुख प्रधानले जात र संस्कृतिको आधारमा कोहि सानो ठुलो नहुने बताउनुभएको हो उहाँले तालिम सकेर फर्कँदा म कमजोर छैन भन्ने सोच बनाएर घर फर्कन सहभागीलाई आग्रह गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले तालिममा सिक्ने मात्र हेन सिकेका कुरा उपयोग पनि गर्नुपर्ने बताउनु भएको थियो । उहाँले यस्ता अवसर पटक पटक नआउने भएकाले यो अवसरलाई सदुपयोग गरे मात्र राज्यले गरेको लगानी खेर नजाने बताउनु भएको थियो । कार्यक्रममा प्रशिक्षक झल विश्वकर्मा र करिना पुरीले कानुनले दिएको अधिकार प्रयोग गर्न र कानुनले वर्जित गरेका कार्य नगर्न स...

चौतारा साँगाचोकगढीको समावेशी बजेट

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाले १८औं नगरसभा भव्य रुपमा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने प्रावधानअनुसार नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा अध्यक्षतामा सभा सम्पन्न भएको हो । नगर उपप्रमुख सीता थापाले चालु आर्थिक वर्षमा नगरपालिकाले सम्पन्न गरेका कार्यहरूबारे समग्र प्रतिवेदन प्रस्तुत गर्नुभयो । उपप्रमुख थापाले आर्थिक वर्ष २०८२/८३ को लागि १ अर्ब १६ करोड २८ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको हो । नगरसभाबाट प्रस्तुत बजेट समावेशी, सन्तुलित र नागरिकमुखी हुने दाबी गरिएको छ । नगर प्रमुख सापकोटाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, र विपद् व्यवस्थापनदेखि महिला, बालबालिका, जेष्ठ नागरिक र ...

जन्मोत्सव दानबाट थाङपालधाप माविका २२ विद्यार्थीलाई छात्रवृत्ति

ब्रेकिङ न्युज २, समाचार
पाँचपोखरी थाङपाल–६ स्थित श्री थाङपालधाप माध्यमिक विद्यालयमा विद्यालय स्तरीय अन्तर सदनात्मक सामूहिक नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ । “शारीरिक, मानसिक र सामाजिक विकासको मुल आधार– अतिरिक्त क्रीयाकलाप” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको अवसरमा जन्मोत्सव दानबाट २२ जना जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ । जन्मदिनमा चकलेट वा अन्य फजुल खर्च हटाएर विद्यालयमा दान गर्ने संस्कारको थालनी गरिएको छ । यो संस्कार विद्यालयका शिक्षक नविन श्रेष्ठले मेलम्ची–७ स्थित ज्योति भञ्ज्याङ आधारभूत विद्यालयबाट सुरु गरेका थिए भने अहिले थाङपालधाप माविमा पनि निरन्तरता दिइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदे वाइबाले जानकारी दिनुभयो । प्रधानाध्यापक आत्मराम दंगालका अनुसार कार्यक्रमको मुख्य उद्देश्य शिक्षक, विद्यार्थी तथा विद...

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

ब्रेकिङ न्युज २, समाचार
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा गरगहनामा शून्यबाटै कर लाग्ने गरी भएको घोषणा फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सुनचाँदी व्यवसायीले सुन जन्मदेखि मृत्यपछिको संस्कारमासमेत आवश्यकपर्ने हुँदा यसलाई विलासिताका रूपमा नहेरी संस्कार, संस्कृति र सम्पतिका रूपमा बुझिदिन सरकारलाई सुझाव दिनुभयो । महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले सुन र गहनामा विभिन्न नाममा ३० प्रतिशतसम्म कर लाग्ने व्यवस्थाले नेपाली व्यवसाय धरासायी हुने बताउनुभयो । उहाँले अहिलेकै घोषणा कायम रहेमा नेपालमा सुन महँगो भई उपभोक्ता मारमा पर्नुका साथै हजारौँ मजदुरको रोजगारी गुम्न सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो । खुला सिमाना भएका कारण भारतीय बजारमा पुगेर सहज सुन किन्न वातावरणले राज्यको ठूलो परिमाणमा राजस्व गुम्न सक्ने पक्षमासमेत सजग रहन जरूरी रहेको व्यवसायीको भनाइ ...

बाह्रबिसे नगरपालिकाको १७औं नगर सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
हिरा खड्का/बाह्रबिसे सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले आइतबार खुर्सानीबारी स्थित नगर सभा हलमा १७औं नगर सभा भव्य रुपमा सम्पन्न गर्दै आगामी आर्थिक बर्ष २०८२/८३ का लागी नीति,कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । स्थानिय सरकार संचालन ऐन अनुसार असार १० गते भित्र सबै स्थानिय तहले नीति तथा कार्यक्रम र बजेट ल्याई सक्नु पर्ने प्राबधान अनुसार नगर प्रमुख बालकृष्ण बस्नेतको सभाध्यक्षतामा पूर्व स्वास्थ्य तथा संचार मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्या, जिसस प्रमुख बालकृष्ण श्रेष्ठ बिशेष आतिथ्यता, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतको आतिथ्यममा उद्घाटन समारोहका साथ सभा सम्पन्न भएको हो । उक्त नगरसभामा उपप्रमुख मञ्जु तामाङले आगामी वर्ष २०८२/०८३ का लागि ६० करोड ३३ लाख ८४ हजार ४८३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । जसमा निः शुल्क शिक्षाका लागि चार कर...

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा उद्योग वाणिज्य संघ विजयी पर्यटन प्रवद्र्धनमा जोड

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज ) लामोसाँघु, असार ७ –सिन्धुपाल्चोक जिल्लाको लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले रोमाञ्चक जित हात पारेको छ । ३१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा उद्योग वाणिज्य संघले सिन्धु सुकुटे पर्यटन व्यवसायी संघलाई ३–२ गोल अन्तरले परा   जित गर्दै उपाधि उचालेको हो । प्रतियोगिता उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा सम्पन्न भएको थियो, जसमा जिल्ला फुटबल संघ, सिन्धुपाल्चोकले प्राविधिक सहयोग पुर्याएको थियो । पहिलो हाफसम्म दुवै टोलीले २–२ को बराबरी खेलेका थिए भने दोस्रो हाफमा उद्योग वाणिज्य संघले निर्णायक गोल गर्दै उपाधि सुनिश्चित गर्यो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका सल्लाहकार सभापति बेद बहादुर श्रेष्ठले रेफ्...