सम्पर्क

एसइई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (शुक्रबार) नतिजा प्रकाशित गरेको हो ।
यस वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी गराउनुभएको हो । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।
गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्नुस् नतिजा: