गर्देै मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्धता भएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ। नगर प्रमुख तामाङको सचिबालयले आफ्नो आधिकारीक सञ्जाल मार्फत यस्तो जनाएको हो । केही दिन अगाडी केही सञ्चार माध्यमबाट मेलम्ची नगरपालिकामा अनियमितता भन्दै नगर प्रमुख र उप प्रमुख समेतको नाम आए पछी नगरपालिकाले यस्तो बताएको हो । पालिकाले नगर बासीलाइ भ्रममा नपर्न समेत आग्रह गरेको छ । हामी नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छौं । पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणको प्रतिवेदनको हवाला दिंदै मेलम्ची नगरपालिकाको विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदन प्रति हामी गम्भीर र सचेत छौं । बेरुजु कम गर्न हामी प्रयत्नशील पनि छौं ।हामीलाई लाग्थ्यो रिपोर्टिङ गर्ने साथीहरु विज्ञ हुनुहुन्छ र उहाँहरुले राम्रो अध्ययन गरेर मात्र समाचार बनाउनु हुन्छ । हामीले बुझेको पत्रकारिता ब्द्यऋ अर्थात ,तथ्य , सन्तुलित र विश्वसनीय हुनुपर्छ । तर, महालेखाको प्रतिवेदनलाई हचुवामा व्याख्या गरेर लेखेको समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । किनभने महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन वेभ साइटमा समेत छ, त्यहाँ हेरेर पनि वास्तविकता बुझ्न सकिन्छ । केही पत्रकार साथीहरुले नगरपालिकाको नियम बिपरित मागेको विज्ञापनको भुक्तानी गर्न नसक्दा र किताब लेख्न पेश्की मागेको पैसा नियम बिपरित भुक्तानी नगरेका कारण प्रतिशोधपूर्ण ढंगबाट नगरपालिकालाई बदनाम गराउने गरि एउटै समाचार विभिन्न अनलाइनमा कपी पेस्ट गरेर प्रकाशन गरिएको छ । उहाँहरुले गलत ढंगबाट पैसा मागेको प्रमाण हाम्रो सचिवालयमा सुरक्षित छ । पत्रकारिताको सामान्य सिद्धान्त समेत पालना नगरि लेखिएको यो समाचार केबल पित पत्रकारिताको ज्वलन्त नमूना मात्र हो । हामी बिना आधार हाम्रो बदनाम गराउने गरि लेखिएका समाचार विरुद्ध मिडियाको नियामक निकाय प्रेस काउन्सिलमा जाने तयारि गरिरहेका छौं । हामी पारदर्शी छौं, नगरपालिकाले सम्पादन गरेका गतिविधिको सूचना तपाईंहरुले चाहेकै बेला हामी उपलव्ध गराउँछौ । त्यसैले गलत समाचारको प्रभावमा नपर्न र केही स्वार्थ पूर्ति नभएका व्यक्तिहरुले गरेका गलत प्रचारको पछि नलाग्न सबै नगरवासीमा हामी आग्रह गरेको छ ।
