सिन्धुपाल्चोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सन् २०२५ सुरु भएदेखि ६ महिनाको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घनका ३७ वटा घटना भएका छन् । जस घटनामा दुई हत्या, दुई ज्यानमार्ने उद्योग, दुई बालअधिकारभित्र सामुहिक बलात्कार, आठ बलात्कार, दुई बालयौन दुव्र्यवहार रहेका छन् भने महिला अधिकारकाभित्रका बलात्कार चार, बलात्कार प्रयास एक, तोडफोड एक र घरेलुहिंसा १५ रहेका छन् ।
३२ महिला र ४ पुरूषगरी ३६ जना नागारिक घटनाबाट पीडित बनेका छन् भने ४५ जना आरोपित रहेको इन्सेक सिन्धुपाल्चोकका प्रतिनिधि नातिबाबु धितालले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले मानव अधिकार जनताको अवधारणा रहेको बताउनु भयो । कुनै ठाउँमा घटना घट्नु साथ तत्काल प्रहरीलाई जानकारी यथाशीर्घ दिनुपर्ने बताउनु भयो । उहाँले विगत र वर्तमान परिवेशका कुराहरुमा निकै भिन्नता भएकोे समेत उल्लेख गर्नुभयो । मानव अधिकार भनेकोे हामी सबैको साझा मुद्घाहरु भएको भन्दै हामी सबै एकजुट भएर लाग्न आग्रह गर्दै विभिन्न गैर सरकारी तथा सरोकारवालाहरु निकायहरु एकिकृत हुने हो भने मानव अधिकारसँग सम्बन्धित घटना न्युनीकरण गर्न सकिने बताउनुभयो । कार्यक्रममा जिल्ला भित्रका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना तथा चुनौतीबारे सरोकार वालाबिच विस्तृत छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले मानव अधिकार उल्लङ्घन न्यूनीकरणका लागि प्रहरी प्रशासन, मानव अधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार लगायत सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । वर्तमान अवस्थामा जिल्लामा मानव अधिकारको अवस्था र अधिकार सरोकारवालाको भुमिका विशेष रहेको बताउनु भयो । मानव अधिकारी नैसर्गिक अधिकार भएको र व्यतिmले पाउनु पर्ने हक तथा अधिकार बाट कोही कसै बञ्चित हुनु नपरोस् भन्दै राज्य बाट प्राप्त हुने सेवा सुविधा सबै सबै साधारण जमात सम्म पुग्न सरोकारवालाहरुले ध्यान दिन आग्रह गर्नु भयो । उहाँले राज्यका माथिल्ला निकायहरुले ध्यान नदिएमा मानव अधिकार सँग सम्बध्ति घटनाहरु बढदै जाने बताउनु भयो । विभिन्न तह र तप्कामा रहेको सरोकारवाला निकायका व्यक्तिहरुले यस्तो किसिमका घटना कम गर्न विशेष भुमिका रहने बताउनु भयो । दिनप्रति दिन घट्ने घटनालाई न्युनीकरण गर्न हामी सबै चनाखो भई सम्बधित व्यक्तिहरुको छानविन तत्काल गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय, चौतारा अस्पतालका मे.सु, रेडक्रस कार्यलयका प्रमुख, मानव अधिकार रक्षक, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीलगायत पत्रकार तथा सरोकारवाला सहभागी रहेको थियो ।
