जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्ती तथा मानव अधिकार एलायन्सको २६औँ स्थापना दिवसको अवसरमा एलायन्सको काठमाडौँ जिल्ला शाखाले वृहत् साइकल तथा पदयात्रा आयोजना गरेको छ । गोकर्णेश्वरको माकलबारीबाट सुरु भएको पदयात्रा गुह्येश्वरीमा पुगेर समापन गरिएको थियो ।
कार्यक्रमको शुभारम्भ एलायन्सका केन्द्रीय महासचिव तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले रिवन काटेर, आफैँ साइकल यात्रामा सहभागी भएर गर्नुभएको थियो । यात्रापछिको औपचारिक कार्यक्रममा काठमाडौँ जिल्ला शाखाकी अध्यक्ष ललिता उप्रेती रिजालले सम्पूर्ण सहभागीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकारवादी तथा साहित्यकार डा. कृष्ण सुवेदीले युवा केन्द्रित कविता वाचन गर्नुभयो भने प्रमुख अतिथि समेत रहनुभएका विष्णु रिजालले मानव अधिकारको रक्षामा जननेता मदन भण्डारी र नेकपा (एमाले) ले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
त्यसैगरी, तिलोत्तम पौडेलले युवा र मानव अधिकारबीचको सम्बन्धबारे प्रकाश पार्नुभयो । कार्यक्रमलाई सफल बनाउन दिपक निरौला, मोहन दँगाल, ज्ञानी ढकाल, समिर थापा, तोयनाथ तिवारी लगायतको महत्त्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ ।
