सिन्धुपाल्चोक जिल्ला सवडिभिजन बन कार्यलय बाह्र्बिसे को समन्वय मा लोपुन्मुख प्रजाती जडिबुटी लोड सल्ला को बिरुवा रोपण कार्यक्रम भैरहेको सामुदायिक बन उपभोक्ता महासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोक का उपाध्यक्ष शारदा प्रसाद चालिसेले जानकारी दिनु भयो ।
चालीसेका अनुसार सिखर चुली सामुदायिक बन समुह का अध्यक्ष साजन श्रेष्ठ को अगुवाइ मा उपभोक्ता हरु को सकृयता मा सिखर चुली सामुदायिक बन मा लोपुन्मुख प्रजाती जडिबुटी लोड सल्ला को बिरुवा रोपण कार्यक्रम भैरहेको हो । चालिसेका अनुसार क्यान्सर रोग निको पार्ने औषधीको रुप मा यो लोड्सल्ला लाई प्रयोग गरिन्छ ।यस्को पात फल डन्ठी काठ बोक्रा सबै क्यान्सर रोग को लागी औसधि मा प्रयोग गरिन्छ ।यो लोड सल्ला लेक साइड हिमाली भाग मा पाइन्छ ।यस्को काठ को पलङ बनाएर सुते मा क्यन्सर रोग लाग्न बाट बच्न सकिन्छ ।पात कलेक्सन गरेर सुकाउने र डस्ट बनाएर बिक्री गर्न सकिन्छ फल पनि बिक्री गर्न सकिन्छ यो सबै क्यान्सर रोगी हरुको लागि उपयोगी औसधि हुन्छ भन्ने कुरा बैज्ञानिक हरुले बताइ रहेको चालिसेको भनाइ रहेको छ । लोड सल्ला को संरक्षण र रोपण को कार्यक्रम डिभिजन बन कार्यलय सिन्धुपाल्चोक ले अगाडी बडाइरहेको हिमाली भेग का अन्य खाली जमिन हरु मा बन हरु मा रोपण गर्दा अझ प्राबकारी हुने देखिन्छ समुदाय लाइ पनी राम्रो आए आर्जन को स्रोत को रुप मा लिन सकिन्छ । तेसैले बहुमुल्य जडिबुटी को रुप मा लोड्सल्ला को खेती धेरै उपयोगी हुने हुदा सबै हिमाली क्षेत्र मा पहिचान गरि यो कार्यक्रम योजना लागु गर्न सामुदायिक बन उपभोक्ता महासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोक का उपाध्यक्ष शारदा प्रसाद चालिसे ले डिभिजन बन कार्यलय सिन्धुपाल्चोक लाई अनुरोध गर्नु भएको छ। सिखर चुली सामुदायिक बन समुह का अध्यक्ष साजन श्रेष्ठ ले पनी लोड सल्ला को कारण क्यान्सर जस्तो भयनक रोग को
औषधि हुने हुदा हाम्रो भूगोल लाई सुहाउने पनि भएकोले यो लोड्सल्लाको उपयोगी ठाउँ भएकोले हाम्रो समूह ले यही लोड सल्ला रोपण कार्यक्रम योजना बनाएको बताउनु भयो ।आगामी बर्ष हरु मा डिभिजन बन कार्यलय सिन्धुपाल्चोक ले प्रसस्त सम्भावना भएको क्षेत्र पहिचान गरि लोड सल्ला पकेट क्षेत्र को लागि योजना बनाएर काम गर्दा धेरै उपयोगी हुने चालीसेले बताउँनु भयो ।
