सम्पर्क

बाह्रबिसे नगरपालिकाको १७औं नगर सभा सम्पन्न

हिरा खड्का/बाह्रबिसे

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले आइतबार खुर्सानीबारी स्थित नगर सभा हलमा १७औं नगर सभा भव्य रुपमा सम्पन्न गर्दै आगामी आर्थिक बर्ष २०८२/८३ का लागी नीति,कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
स्थानिय सरकार संचालन ऐन अनुसार असार १० गते भित्र सबै स्थानिय तहले नीति तथा कार्यक्रम र बजेट ल्याई सक्नु पर्ने प्राबधान अनुसार नगर प्रमुख बालकृष्ण बस्नेतको सभाध्यक्षतामा पूर्व स्वास्थ्य तथा संचार मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्या, जिसस प्रमुख बालकृष्ण श्रेष्ठ बिशेष आतिथ्यता, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतको आतिथ्यममा उद्घाटन समारोहका साथ सभा सम्पन्न भएको हो ।

उक्त नगरसभामा उपप्रमुख मञ्जु तामाङले आगामी वर्ष २०८२/०८३ का लागि ६० करोड ३३ लाख ८४ हजार ४८३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । जसमा निः शुल्क शिक्षाका लागि चार करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । कक्षा ८ सम्म दिवा खाजा र कक्षा १२   सम्म निःशुल्क शिक्षाका लागि गत आवहरुमा झैं बजेटलाई निरन्तरता दिएको उहाँले बजेट प्रस्तुत गर्नुभएको छ । यस्तै मनसुनजन्य विपद् न्यूनीकरणमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेर प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनाका काम गरिने उपप्रमुख तामाङले जानकारी दिनुभयो । मौसमजन्य घटनाबाट घरबास गुमाएका पीडितका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

मौसमजन्य विपदबाट भौतिक, आर्थिक लगायतका क्षेत्रमा दुई करोड ७७ लाख ५३ हजार ६ सय रुपियाँ विनियोजन गरिएको छ । सभामा पूर्व मन्त्री तथा माननीय बस्नेतले सिन्धुपाल्चोक जिल्लाको २ नं क्षेत्रको माननीय भएपनि १ नं क्षेत्रमा उल्लेख बजेट बिनियोजन गर्न स्थानिय नेता देखी आफू पनि दिनरात नभनी लागि परेको काराणले गर्दा आबस्यकता अनुसार प्रयाप्त बजेट परेको बताउनु हुँदै शुभकामना दिनु भएको थियो भने जिसस प्रमुख बालकृष्ण श्रेष्ठले नगर सभा समयमा नैं सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै शुभकामना दिनु भएको थियो ।

सभामा नगर प्रमुख बस्नेतले चाल् आर्थिक बर्षमा नगरपालिकाले सम्पन्न गरेका कार्यहरु बारे समग्र प्रतिबेदन प्रस्तुत गरिएको थियो । बस्नेतले निर्बाचनका बेला जनता सामु गरेका बाचा अनुसार भन्दा पनि अझ बढी बिकास गर्दै नगरपालिकाले शिक्षा,स्वास्थ्य,कृषी र आभारभूत पूवाधारको क्षेत्रमा उल्लेखनिय काम गरेको बताउँनु हुँदै आगामी बर्ष पनि ती क्षेत्रहरुलाई प्राथामिकता दिईने जानकारी दिनुभयो ।

कृषीमा लगानी बढाईने,सबै वडामा गुणस्तरीय स्वास्थ्य सेवा पु्याउने,शिक्षाको स्तर उकास्ने र सीपमूलक तालिम सहित स्वरोजगार कार्यक्रम संचालन गरिने उल्लेख गर्नु भयो । आगामी बर्षको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य र सशक्तिकरण कार्यक्रमलाई विशेष ध्यान केन्दित गरिएको जानकारी दिनु हँदै उपप्रमुख मन्जु तामाङले आर्थिक बर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गर्नु भएको थियो । साथै नगरवासीले प्रत्यक्ष लाभ पाउने नीति ल्याएको र प्रस्तुत नीति तथा कार्यक्रमलाई समाबेशी र जनमुखी प्रभाबकारी कार्यन्वयन हुने पनि बताउनु भयो ।

नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत ईश्वरी प्रसाद शर्माको नेतृत्वमा नीति कार्यक्रम तयार गरि प्रमुख कार्यकारी अधिकृत शर्माले कार्यक्रम संचालन गरिएको थियो । सभालाई बाह्रबिसे नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बिमल प्रसाद पौडेलको स्वागत मन्तब्यका साथ नगर कार्यपालिका सदस्यहरु,सम्पूर्ण वडाका अध्यक्षहरु,स्थानिय राजनैतिक दलका प्रतिनिधिहरु,सरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु,सामाजिक अगुवा,बिद्यालयका प्रअहरु,संचारकर्मीहरु, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु,सरोकारवाला निकाय र सर्वसाधरणको बृहत उपस्थितीमा १७ औं नगर सभा विशेष भब्य शान्तिपूर्ण वातारणमा सम्पन्न भएको थियो ।