मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधानले म दलित हु भन्ने मानसिकता त्यागेर अघि बढ्नुपर्ने बताउनुभएको छ । मेलम्ची नगरपालिकाको सहयोगमा राष्ट्रिय दलित पत्रकार संघ सिन्धुपाल्चोकको आयोजनामा सञ्चालित दलित हकहित सम्वन्धी कानुनी साक्षरता एवम अन्तरक्रिया कार्यक्रमको उदटन गर्दै उपप्रमुख प्रधानले जात र संस्कृतिको आधारमा कोहि सानो ठुलो नहुने बताउनुभएको हो उहाँले तालिम सकेर फर्कँदा म कमजोर छैन भन्ने सोच बनाएर घर फर्कन सहभागीलाई आग्रह गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले तालिममा सिक्ने मात्र हेन सिकेका कुरा उपयोग पनि गर्नुपर्ने बताउनु भएको थियो । उहाँले यस्ता अवसर पटक पटक नआउने भएकाले यो अवसरलाई सदुपयोग गरे मात्र राज्यले गरेको लगानी खेर नजाने बताउनु भएको थियो । कार्यक्रममा प्रशिक्षक झल विश्वकर्मा र करिना पुरीले कानुनले दिएको अधिकार प्रयोग गर्न र कानुनले वर्जित गरेका कार्य नगर्न सहभागीलाई सुझाव दिनुभएको थियो । सञ्जालकी सहसचिव कौशिला नेपालीले स्वागत गरेको उद्घाटन शत्र अध्यक्ष
चण्डिका नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।
