हेलम्बुमा अन्तराष्ट्रिय बालअधिकारकर्मीहरुको छलफल
हेलम्बु
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बालबालिकाहरुको अभिभावकिय हेरचाह सम्बन्धी त्रिदेशीय अनुभव आदानप्रदानका लागि नेपाल सहित केन्या र डेनमार्कको बालअधिकारकर्मीहरुको समुहले भेटघाट तथा छलफल गरेको छ । बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेका तीन देशका प्रतिनिधि टोलीले १० दिने भ्रमणको क्रममा हेलम्बु गाउँपालिकाको समेत भ्रमण गरेको हो ।
सो छलफलमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले बालबालीकाको सर्वोत्तम हितको लागि निर्माण गरेका नितीहरु तथा सम्पादन भएका कार्यहरुको व्याख्या गर्नुभएको थियो । गाउँपालिकाले १० वर्षभन्दा कम उमेरका बालबालीकाहरुलाई छात्राबासमा नराख्ने निती लिएको अध्यक्ष शेर्पाले बताउनुधयो । सन् २०२१ मा आएको मेलम्ची बाढी तथा कोभिड १९ कारण विद्यालयहरु करिब २ बर्ष बन्द हुँदा बालबालीकाको सिकाइ स्तर खस्किएको र यस चुनौतीलाई सम्बोधन गर्न गाउँपालिकाले बालबाली...
