स्थानीय उपजमा आधारित बिद्यालय दिवाखाजा परियोजना अन्तरगत सिन्धपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका भित्रका कृषी सहकारी संस्था, बिश्वखाद्य कार्यक्रम र नगरपालिका बिच एक अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम भएको छ । सोमबार चौतारामा भएको कार्यक्रममा नगरपालिकाका भित्र रहेका १४ वटै वडामा कृयासिल रहेका कृषी सहकारी संस्थाहरुको उपस्थिती रहेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास शाखाका संयोजक तथा वडा नं. १३ का वडा अध्यक्ष राम प्रसाद गौतमको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमा बोल्दै गौतमले शूरुमा नेत्रज्योती कृषी सहकारी संस्थाले सुरु गरेको यो व्यवस्थापन कार्यक्रम अहिले आएर आलोपालो सहकारी संस्थाले गर्दै आएको र सहकारीताको माध्यमबाट गरेको बिद्यालय दिवाखाजामा व्यवस्थापन राम्रो भएकोले नगर भरी सहकारिताको माध्यमबाट खाजा व्यवस्थापन गर्न लागीउको बताउँनु भयो । कार्यक्रममा बिश्वखाद्य सगठनका सिन्धुपाल्चोकका कार्यक्रम संयोजक रुद्र सुनुवारले स्थानीय स्तरमा उत्पादीत खाद्यन्नको प्रयोग गरेर बिद्यालयमा दिवा खाजाको ब्यवस्थापन गर्नका लागी कृषी सहकारी संस्थाहरुको महत्वपुर्ण भुमिका हुने भएकाले कृषी सहकारी संस्थासँग सम्मन्वय गरेर दिवा खाजा सञ्चालन गर्न स्थानीय सरकार लागी परेकाले अभिभावकको उत्पादनलाई बिद्यालयमा बजार पाउँदा उत्पादनमा प्रोत्साहन हुने बताउँनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका कृषी शाखाका प्रमुख चिरन्जीबी कटेलले स्थानीय उत्पादन तर्फ अग्रसर रहेको कृषी सहकारी संस्थाहरुले बिद्यालय दिवा खाजाको व्यवस्थापन गर्दा पारदर्शीता हुने भएकाले यस तर्फ नगरपालिका अगाडी बढेको बताउँनुभयो । आलोपालो सहकारी संस्थाका अध्यक्ष नारायण गौतमले नेत्रज्योती कृषी सहकारी संस्थाले सुरुमा गरेको खाजा व्यवस्थापन पछी आफ्नो संस्थाले गर्दै आएको बताउँदै व्यवस्थापनबाट कुनै आर्थिक फाइदा नभई पनी सहकारीको प्रोफाइल बन्ने भएकाले आफुहरु यसमा लागी परेको बताउँनुभयो । नेत्रज्योती कृषी सहकारी संस्थाका सचिब नेत्र बहादुर बस्नेतले ठुलो सिरुवारी वडा नं. १३ मा आलोपालो सहकारीले गरेको प्रगतीका कारण अरु कृषी सहकारीलाई पनी उर्जा थपीएको बताउँदै आगामी दिनमा संस्थाले अन्न बैकं स्थापना गर्न लागेको बताउँनु भयो । कायृक्रममा कुवीण्डे सहकारी संस्थाका प्रेम सापकोटा लगाएतले कृषी सहकारी संस्थाबाट उत्पादति सामाग्रीलाई स्थानीय स्तरमा नै खपत गरेर बजारको व्यवस्थागर्न सबै मिलेर अगाडी बढ्नु पर्ने बताउँनु भयो । कार्यक्रममा सहकारी संस्थाहरुले श्रावण महिनदेखी नै बिद्यालय दिवा खाजा व्यबस्था गर्नका लागी तयारी गर्ने सहमती भएको छ ।
