सम्पर्क

सिन्धुपाल्चोकमा पहिलोपटक दृष्टिबिहिनहरुलाई क्रिकेट प्रशिक्षण

निर्मल बस्नेत
नेपाल नेत्रहिन क्रिकेट संघको आयोजान तथा सिन्धुपाल्चोक नेत्रहिनसंघको समन्वयमा ५ दिने क्रिकेट प्रशिक्षण संचालन भएको छ । जेठ ३० गतेबाट सुरु भएको यो प्रशिक्षण सिन्धुपाल्चोक जिल्लामा नै पहिलो पटक संचालन गरिएको हो ।
उक्त प्रशिक्षणमा श्री बनदेबी माध्यमिक विद्यालय चौतारामा अध्ययनरत छात्रछात्राहरु र अपाङ्गताको क्षेत्रमा योगदान गदै अन्य दृष्टिविहिनहरु सहभागि रहेका छन् । प्रशिक्षणमा गीता पौडेल र विमला राईले सहभागिलाई खेलको नियम र व्याटिङ गर्न सहयोग पुर्याउदै आएका छन् ।
आयोजक संस्था नेपाल नेत्रहिन क्रिकेट संघका केन्द्रय कोषध्यक्ष उपेन्द्र श्रेष्ठका अनुसार सात वटै प्रदेशस्तरमा संघको गठन भएको छ । र, नेपाल क्रिकेटमा दृष्टिबिहिन खेलाडीहरुमा छैटौ स्थानमा र महिला खेलाडीमा प्रथम स्थान ओगटेर चर्चा कम ाउन सफल भएको बताउनुभयो ।
उहाँका अनुसार आगामी असाढ ८ देखी ११ गतेसम्म १ नम्बर प्रदेशको आयोजनामा सुनसरीमा बागमती र गण्डकी सहभागि गराई प्रतियोगिता हुने र उक्त प्रतियोतिामा सहभागि हुन जाने जानकारी दिनुभएको छ ।