सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी – ८ का वडाअध्यक्ष अमृत दगांलले आफ्नो निजी सम्पती खर्च गरेर सामाजिक काम गरिरहनु भएको छ ।
उहाँले दुखी गरिबका बालबालीकालाई बिद्यालयमा आउँदा च्यातीएका कपडा लगाएर आउँने गरेको र वडा भित्रका नागरिकलाई परेका सानातिना समस्याहरु आफ्नै निजी खर्चमा समाधान गर्नु भएको छ । बिहिबार गरिएको वडाको सार्बजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुद्धारा उठाइएको सवालको जवाफ दिदै दगांलले कृषकहरुको समस्या भनेको मल र जल भएकाले आगामी बर्ष सिंचाई पोखरीलाई प्राथमिकता दिएर काम गर्ने र पर्याप्त मात्रमा मल भित्रायाउँने प्रयास गरिने बताउँनु भयो ।
उहाँले व्यक्तीगत खर्चमा स्थानीय नागरिकलाई छाना छाउँनका लागी जस्ता पाता समेत खरिद गरिदिनु भएको छ भने बिरामी उपचारमा समेत गरी एक बर्षमा १७२०००। (अक्षेरुपी एक लाख बहत्तर हजार ) व्यक्तीगत खर्च गर्नू भएको छ भने सुबिद्यामा आएको मोटर साइकल समेत चढ्नु भएको छैन । चौतारा साँगाचोकगढी नगरपालिका –८ ईर्खुले एक वर्षमा गरेका प्रगति विवरण सार्वजनिक र सुनुवाई कार्यक्रमको अबशरमा बिहिबार वडाध्यक्ष दंगालले कार्यक्रमको सभापतित्व गर्दै आफुले मत पाउँदा ६८८ मतले बिजय भएको भएता पनी २०५८ मतदाताको लागी काम गर्ने कसैलाई पाखा कसैलाई काखा नगर्ने बताउँनु भयो ।
कार्यक्रममा वडाका सदस्य कारसाङ तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने वडा सचिव सिम्रन नेपालले २०७९ श्रावनदेखी २०८० जेठ ३१ सम्मको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वडा कार्यालयले एक वर्षको प्रगति सार्वजनीकिकरणसँगै आगामी वर्षका लागि वडावासीबाट राय, सल्लाह र सुझाव पनि संकलन पनि गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिका कृषी शाखाका प्रमुख, रोजगार संयोजक चिरञ्जिवी कट्टेलले वास्तविक कृषकको हातमा राहत पुगोस भन्ने नगरपालिकाको चाहाना हो त्यसैले आगामी दिनहरुमा नगरपालिकाले रासायनिक मल लगाएत अन्य सेवामा दिने अनुदानको लागी पनी हरेक वडाका सहकारीहरुले जन प्रतिनिधीको रोहबरमा रहेर अनुदानमा सहयोग गर्ने र दोहोरो सहयोग नपर्ने गरी काम गर्ने निती ल्याउँन लागेको बताउँनु भयो ।
कार्यक्रममा ईर्खु माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश दंगालले शिक्षा नै विकासको पहिलो पाटो रहेकोले शिक्षालाई विशेष प्राथमिकता राखेर आगमि दिनहरुमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । शिक्षा स्वास्थ्य खानेपानीलाई वडाले विशेष मध्यनजर गरेर बजेट बिनियोजन गरेर विनियोजीत रकमलाई कार्यन्वयन गर्नुपर्ने बताउनुभयो ।
ईर्खु मा.विमा खानेपानीको आभावका कारण विद्यार्थिहरुलाई निकै समस्या भएको बताउदै विद्यार्थिको समस्यालाई मध्यनगर गर्दै स्थानीय सरकारको ध्यानाकार्षन हुनुपर्ने प्रधानाध्यापक दंगालले बताउनुभयो ।
त्यस्तै ईर्खु स्वास्थ्य चौकी प्रमुख केशव नापितले जेष्ठ नागरिक , बालबालिका, सुत्केरी महिलाको स्वास्थ्यलाई मध्यनजर गरेर प्रत्येक हप्ताको एक दिन निःशुल्क स्वास्थ्य परिक्षण गर्ने बताउनुभयो ।
अब गर्भवती महिलाहरुलाई वडाकै स्वास्थ्य चौकीमा जाँच गराउने योजना रहेको समेत जानकारी दिनुभयो । कार्यक्रमलाई सभापतित्व गर्दै वडाध्यक्ष अमृत बहादुर दंगालले वडाले विकास निर्माणमा देखिएका समस्याहरु पनि सार्वजनिक गरेको छ ।
भौगोलिक कठिनताका कारण विकास निर्माण लगायतका कामहरु सञ्चालन गर्न कठिनाई हुनु, संघ र प्रदेशबाट बजेट सन्तुलित हिसावले प्राप्त नहुनु, स्थानीय उपभोक्ताहरुले समयमै काम सम्पन्न गर्न नसक्नु, यातायात सेवा नियमित रुपमा सुचारु नहुनु जस्ता मुख्य समस्या रहेको वडाध्यक्ष दंगालले बताउनुभयो ।
अब नयाँ आर्थिक वर्षदेखि स्थानीयको जनचाहना अनुसार कार्य गर्दै भौतिक विकास निर्माणका कार्यमा थप सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी पाटीका अध्यक्ष रामकृष्ण दंगाल, नेकपा एमाले पाटी अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ, नेपाली काँग्रेसका सभापति भगवान खड्का, प्रहरी इन्चार्ज करण लामा बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो ।
