सम्पर्क

ब्रेकिङ न्युज १

दशैं–तिहारका लागि भदौ २९ देखि असोज १० सम्म नयाँ नोट साट्ने व्यवस्था

ब्रेकिङ न्युज १, समाचार
दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था मिलाएको छ । बैँकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैँकका प्रदेश कार्यालय र सबै बैँक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न पाइने आईतबार एक सूचना जारी गरेर जनाएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, प्रदेश कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी) तथा देशभरका सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न सकिने छ । चाडपर्वमा पाँच, १०, २०, ५० र १०० दरका नोटको माग बढी हुने भएकाले केन्द्रीय बैंकले मेला र फाटेका नोट संकलन गरी नयाँ नोट वितरण गर्दै आएको हो । आर्थिक वर्ष २०६७/६८ मा ‘सफा नोट नीति’ लागू गरेपछि राष्ट्र बैंकले कारोबारमा सफा नोट मा...

नेपाल पत्रकार महासङ्घद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १२ भदौ : नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारसमक्ष अनुरोध गरेको छ । महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै नवीकरणको काम तत्काल खुलाउन अनुरोध गरेको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अवरूद्ध दर्ता, नवीकरण सुरू नभए महासङ्घ आन्दोलनमा उत्रने उल्लेख छ । ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिनुभयो । मन्त्रालयका सचिव राधिका अर्यालले सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताउनुभयो । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा...

टोलटोलमा वडाको सुबिधा दिदै १० नं वडा कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नगरिककलाइ सेवा दिनका लागी चौतारा सॉंगाचोकगढी नगरपालिका वडा नं. १० को वडा कार्यलयले घरघरमा गएरसामाजिक सुरक्षा भत्ता बितरणका साथै परिचय पत्र नबीकरण गर्दे आइरहेकोमा अहीले वडा कार्यलयबाट हुने सबै काम टोलटोलमा गएर गरिदिन थालेको छ । १०÷२०,रुपैया बुझाउँन पनी २÷३शय खर्च गरेर दिनभरीको काम माँया मारेर वडा कार्यलयमा आइरहन पर्ने समस्याबाट मुक्त दिनका लागी यो अभियान चालेको वडा अध्यक्ष निल बहादुर तामाङ (सुमन)ले बताउँनुभयो ।  उँहाका अनुसार स्यान्डी बिज रिसोर्ट सुकुटेमा भएको वडा शिविर कार्यक्रममा सम्पन्न भइ सकेको छ । उक्त कार्यक्रममा स्थानीयहरुको सेवाको निमित्त स्यान्डी बिज रिसोर्ट सुकुटेमा व्यवसाय नवीकरण जग्गाको तिरो वडाबाट हुने सबै पञ्जीकरणको कामहरु पनि भएको थियो । उक्त दिन मात्र ४९ हजार ६ सय १२ रुपैया राजस्व सङ्कलन भएको थियो । र्भिारि कार्यक्रम अनुसार १३गते साठीमुरे १७गते कार्कीटार पिपलबोट,१९गते खत्र...

इम्बोस्ड नम्बर प्लेट को जताततै बिरोध

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
रोमन लिपीको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गर्न जाग नेपाली अभियान सँगै पुर्ब सुरक्षाकर्मी परिषद ,नेपाल यातायातब्यवसायी राष्ट्र्यि महासंघ,सार्वजिनिक यातायात ब्यवसायी महासघं,प्रेटोलियम पदार्थ ढुवानी व्यवसायीहरु लगाएतका यातायात सँग सम्बन्धीत सस्थाहरुले सबै सँग अनुरोध गरेको छ ।देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको लागि उर्दी जारी गरेको भन्दै जाग नेपाली अभियानले आपत्ति जनाएको छ । काठकमाण्डौमा पत्रकार सम्मेलन गर्दै जाग नेपालीका संयोजक डा.दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने र एकआपसमा लडाएर देशलाई रगतको आहालमा परिणत गर्ने खेल भइरहेको बताउँनु भयो । पत्रकार सम्मेलनमा केसीले ‘देवनागरी लिपी यो देशको एकताको प्रतीक हो । तराईको एउटा मधेशीले पनि यो लिपी बुझ्छ, पहाडको पहाडीले पनि यो लिपी बुझ्छ र हिमालको ...

नेपाली महावाणिज्यदूत निरौला र महानिर्देशक तिङबीच भेटवार्ता

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
ल्हासा, २०८२ भदौ ११ ल्हासा स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता सम्पन्न भयो ।महावाणिज्यदूत निरौलाले महावाणिज्यदूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै महानिर्देशकको पहिलो पटक भएको महावाणिज्यदूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गर्नु भयो । उँहाले नेपाल चीनबीचको ऐतिहासिक संबन्ध बारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पु¥याएको साथ र सहयोगका लागि समेत धन्यवाद दिनु भयो । सो अवसरमा उँहाले यो वर्ष नेपाल र चीनबीच कुटनैतिक संबन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव भएकाले विविध कार्यक्रमहरु आयोजना भइरहेका उल्लेख गर्दै पारस्पारिक सद्भाव, एकअर्काको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित भई दुबै देशबाट भइरहेका कार्यले संबन्धमा थप बल ...

भोटेकोशी नदीमा बोलेरो दुर्घटना, चालक र सहचालक बेपत्ता

ब्रेकिङ न्युज १, समाचार
भोटेकोशी गाउँपालिका–४, हिन्दी नजिक मंगलबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार तातोपानीबाट बाह्रबिसेतर्फ गइरहेको बा २१ च ७५४४ नम्बरको बोलेरो करिब ३ः३० बजे अरनिको राजमार्गबाट अनियन्त्रित भएर करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको हो । सर्लाहीको बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेश कुमार कुसहवाले चलाएको उक्त गाडीमा रौतहटको बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए । दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल दुवैजनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी हिन्दीका प्रमुख प्रहरी सहायक निरीक्षक नवराज नेपालको कमाण्डमा खटिएको टोलीसँगै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक सुमेस पाण्डेको नेतृत्वमा अर्को टोली पनि उद्धार तथा खोजीकार्यमा संलग्न रहेको प्रहर...

भोटेकोशी–१ जलविद्युत् सुरुङ ब्रेकथ्रु, उत्पादन लक्ष्य फागुनसम्म

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत् आयोजनाको सुरुङ सोमबार सफलतापूर्वक ब्रेकथ्रु गरिएको छ ।इलेक्ट्रो पावर कम्पनीको लगानीमा अगाडि बढिरहेको यस आयोजनाले २०८० फागुनमा सुरुङ निर्माण सुरु गरेको थियो । करिब २.६३८ किलोमिटर लामो सुरुङ २.५ मिटर चौडाइ र उचाइको रहेको छ । सुरुङ निर्माणमा संलग्न भूगोल इन्फास्ट्रक्चर कम्पनीका अनुसार फिनिसिङ कार्य पूरा गर्न ६ देखि ८ महिना लाग्ने अनुमान छ । आयोजनाअन्तर्गत भोटेकोशी गाउँपालिका–३ र ४ मा बाँध तथा वडा नम्बर ५, चाकुमा विद्युत् गृह निर्माण भइरहेको छ । मुख्य लगानीकर्ता इलेक्ट्रो पावरका अध्यक्ष मोहनविक्रम कार्कीले आगामी फागुनसम्म आयोजना उत्पादनमा ल्याउने लक्ष्यसहित अन्य काम तीव्र गतिमा भइरहेको दिनुभएको छ । करिब ९ अर्ब ५६ करोडको लागत अनुमान गरिएको यस आयोजनामा सम्पूर्ण लगानी नेपा...

तिजको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम बाह्रबिसेमा

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हरितालिका तिज २०८२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नगरपालिकाको विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय समुदायदेखि विभिन्न तहका जनप्रतिनिधि, कलाकार, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवं सांसद माननीय मोहन बहादुर बस्नेत, विशेष अतिथि बाग्मती प्रदेश सभा सदस्य माननीय मसिना खड्का भण्डारी रहनुभएको थियो । त्यस्तै विभिन्न गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, समाजसेवी तथा स्थानीय प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण र भव्य बनाएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो । राष्ट्रिय स्तरकी चर्चित गायिका ज्योती मगर, लोक गायक दिनेश भण्डारी, विष्णु...
राजनितीमा समस्या आइरहन्छ ,जन प्रतिनीधी सबैको साझा हो ः मुख्य मन्त्री बानीया

राजनितीमा समस्या आइरहन्छ ,जन प्रतिनीधी सबैको साझा हो ः मुख्य मन्त्री बानीया

अन्तर्वाता, कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाली काँग्रेस बागमती प्रदेसका सभापती एवम मुख्यमन्त्री इन्द्रबानियाँले राजनितीक भनेको निरन्तर यात्रा र संघर्ष हो समस्या आइरहन्छ संघर्ष गरिरहनु पर्छ र त्यसको समाधान पनी दिनु पर्छ भन्नु भएको छ । उँहाले देसको सघीय सरकार जेठो, देस सरकार माइलो र स्थानीय सरकार कान्छो भएको बताउँनु हुँदै जनताको सेवा गर्ने , खानेपानी, स्वास्थ्य, लगाएत नागरिकको समस्या समधानका लागी स्थानीय सरकार, बिकासका कार्यक्रमहरुका लागी प्रदेस सरकार र निती नियम निर्माणका लागी सघीय सरकार हो भन्नु भयो । उँहाले अहीलेको मन्त्रीमण्डलमा समाबेसी र बिकासमुखी, अनुभबी साथीहरु भएकाले बागमती प्रदेस सरकारले निश्पक्ष तरिकाले बिकासका कार्यक्रमहरु सञ्चालन गर्ने बताउँनु भयो बानीयाले गण तन्त्र भनेकै गाउँगाउँमा सडक, पुल, शिक्षा, स्वास्थ्य र सञ्चारजस्ता प्रत्यक्ष सेवासुविधा उपलब्ध गराउँनु हो भन्नु भयो । हामी राणा हटाएको राजालाइ सम्बैधानीक...

कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य
रमेश कुमार बोहोरा हाम्रो देश नेपालको सांस्कृतिक चेतनामा जरा गाडेर बसेका पर्वहरूलाई नजिकबाट नियाल्दा प्रष्ट बुझ्न सकिन्छ कि तिनीहरू केवल धार्मिक अनुष्ठान वा कर्मकाण्डमा सीमित छैनन् । तिनीहरूले परिवार, समाज, मूल्य, अनुशासन, परम्परा र सामूहिक चेतनाको अदृश्य धागोलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा हरेक पर्वले फरक–फरक अर्थ बोकेका हुन्छन् । तर कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन जसलाई पितृ औंसी पनि भनिन्छ यस समाजका गहिरा भावनात्मक र सांस्कृतिक तहमा प्रभाव पार्ने विशेष पर्व हो । भाद्र कृष्ण औंसीका दिन मनाइने यो पर्व हिन्दू धर्मशास्त्रमा पितृ श्राद्ध र बुबाप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा चित्रण गरिएको छ । यो दिन अमावस्याको रात अर्थात चन्द्रमाको पूर्ण अभावको क्षणसँग गाँसिएको छ जसलाई अध्यात्मले ‘नयाँ चक्रको सुरु...